उद्योग वाणिज्य महासंघले स्थापना गर्यो कोभिड–१९ सहायता केन्द्र, अक्सिजनदेखि अस्पतालसम्मको समन्वय गर्ने
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार १८:१४:२४
२९ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिडबाट आम सर्वसाधारणको जीवन रक्षाका लागि सहायता केन्द्र स्थापना गरेको छ । केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने भएका छन् ।
महासंघका अनुसार सिलिण्डर व्यवस्थापनको जिम्मा महासंघका एशोसिएट उपाध्यक्ष रामचन्द्र संघइ र सौरभ ज्योतिलाई दिइएको छ ।अस्पताल र आइसोलेसन केन्द्र सहजीकरणको जिम्मा महासंघले हेमराज ढकाल र रविन श्रेष्ठलाई दिएको छ । महासंघले अस्पताल व्यवस्थापनको जिम्मा इन्जिनीयर देशबन्धु बस्नेत (अजित), बाबुकाजी कार्की र डा. केयुर गौतमलाई दिइएको छ ।
कार्की एशोसिएट सदस्य र ओम अस्पतालका पूर्व प्रवन्ध निर्देशक हुन् भने डा.गौतम सम्यक डाइग्नोस्टिकका संचालक हुन् । एम्बुलेन्स र आइसोलेसन केन्द्रक व्यवस्थापनको जिम्मा रञ्जित आचार्यलाई दिइएको छ । औषधि र मेडिकल उपकरण व्यवस्थापनको जिम्मा प्रवलजंग पाण्डे र भक्त हमाललाई दिएको महासंघले जनाएको छ ।
महासंघले होटल र हवाई यातायातको जिम्मा ज्योत्सना श्रेष्ठ, विनायक शाह र विनोद सापकोटालाई दिएको जनाएको छ । केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका अधिकृत हरि पौड्याल र रिकु घिमिरेलाई ९८०१०९६८१२/ ९८०११९२५९१ मा टेलिफोन र एसएमएसबाट आवश्यक सेवा टिपाउन सक्ने महासंघले जनाएको छ । केन्द्रले महासंघका सदस्य, उद्यमी, व्यवसायी एवं सर्वसाधारणको माग अनुसार सेवा दिने जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार