प्रतिष्ठित व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउँदै
नेपालबहस संवाददाता
जेठ १, २०७८ शनिबार १९:५:४८
१ जेठ, काठमाडौं । मुलुकमा कोरोना संक्रमणको जटिलता दिनप्रतिदिन बढ्दै जादाँ संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन लगायतका स्वास्थ्य सामग्रीको अभावमा धेरै सर्वसाधारणले ज्यान गुमाउनेहरुको संख्या दिनदिनै बढीरहेको छ । यही समस्यालाई मध्यनजर गर्दै निजी क्षेत्रको एसजी ग्रुपले छिमेकी मुलुक चीनबाट अक्सिजन लगायतका स्वास्थ्य सामाग्री ल्याउने तयारी थालेको छ ।
संक्रमितहरुको संख्या दिनप्रतिदिन बढी रहेको तथा अस्पतालहरुले अक्सिजन अभाव भएको भन्दै विरामीहरुलाई भर्ना लिन नमानिरहेको समयमा एसजी ग्रुपले छिमेकी मुलुक चीनबाट अक्सिजन व्याग, अक्सिजन माक्ससहित अक्सिजन सिलिण्डर ल्याउन लागेको हो । एसजी ग्रुप नेपालका प्रतिष्ठित व्यवसायी तथा सामाजिक व्यक्तित्व शिवप्रसाद घिमिरेको स्वामित्वमा रहेको औद्योगिक, व्यावसायिक तथा सामाजिक प्रतिस्ठानहरुको ग्रुप हो ।
पछिल्लो समय अक्सिजन कोभिडका विरामीहरुको उपचारका लागि अत्यावश्यक रहेको भएपनि सरकारी तथा निजी क्षेत्रले पनि आवश्यकता अनुसार व्यवस्थापन गर्न नसकिरहेको समयमा आफुहरुले अक्सिजन व्याग ,अक्सिजन मास्क र अक्सिजन सिलिण्डर ल्याउन लागेको एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए ।
अध्यक्ष घिमिरेले पहिलो चरणमा ४० लिटर क्षमताका ५ हजार सेट अक्सिजन व्याग , ५ हजार अक्सिजन मास्क र २ हजार अक्सिमिटर हवाइमार्गबाट पर्सी सोमबारसम्म काठमाडौं आइपुग्ने बताए । उनले मुलुकमा अक्सिजन अभावले मानिसहरुको उपचारमा भयावह अवस्था आइरहेको समयमा मुनाफा नराखी अस्पताल तथा सरोकारवाला पक्षलाई लागत मुल्यमै उपलव्ध गराउने समेत जानकारी दिएका छन् ।
एसजी ग्रुपले चीनबाट ल्याउने अक्सिजन सिलिण्डर १० लिटर क्षमताका २२ सय युनिट र अक्सिजन सिलिण्डर ४० लिटर क्षमताका २२ सय ५० युनिट यही जेठ ७ गतेसम्ममा स्थलमार्गबाट नेपाल आइपुग्ने छ । अक्सिजन अभावका कारण मुलुकमा उत्पन्न भएको भयावह अवस्थामा व्यवसायीहरुले विदेशमा भएको आफनो नेटवर्कका माध्यमबाट अक्सिजन लगातका अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन पहल गर्नु पर्दछ भन्नेमा घिमिरेले जोड दिए । उनले आवश्यकता अनुसार थप सामाग्रीहरु समेत ल्याउने योजना आफुहरुसँग रहेको सुनाए ।
तल्काल स्वास्थ्य संस्थाहरुमा पुर्याउनु पर्ने संक्रमितहरुलाई अक्सिजन व्याग प्रयोग गर्ने गरिन्छ । विकसित मुलुकहरुमा समेत संक्रमितहरुका लागि आपतकालिन उपचारमा अक्सिजन व्याग प्रयोग गरिने गरेको र प्रभावकारी हुने गरेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार