सुदूरपश्चिममा आगामी दशैँसम्म खान पुग्ने नून छ !
नेपालबहस संवाददाता
जेठ १, २०७८ आइतबार ०:४१:३९
१ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आगामी नौ महिनासम्म पुग्ने एक लाख ८० हजार ६८७ क्विन्टल आयोडिनयुक्त नून मौज्दात रहेको छ । आयोडिन नून बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको धनगढीस्थित कार्यालयका प्रमुख केशवप्रसाद पाण्डेले प्रदेशका दुर्गम जिल्ला बझाङ, बाजुरा, अछाम र दार्चुलाको हकमा ढुवानी अनुदानमा नून आपूर्ति भइरहेको बताए ।
“दुर्गम जिल्लामा पनि आगामी दशैँसम्म खान पुग्ने नून छ”, उनले भने, “यी जिल्लामा बिक्री मूल्यप्रति किलो रु नौ निर्धारण गरिएको छ ।” चालु वर्षमा यी जिल्लामा ३८ हजार क्विन्टल नून ढुवानी गर्नुपर्नेमा हालसम्म ३४ हजार क्विन्टल ढुवानी भइसकेको छ । यही जेठभित्र बाँकी परिमाणको नून ढुवानी भइसक्ने जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशमा कुल जनसङ्ख्याको झण्डै ८५ प्रतिशतले आयोडिनयुक्त नून उपभोग गरिरहेको कर्पोरेशनले जनाएको छ । विसं २०५६ सम्म प्रदेशमा आयोडिन नून उपभोग गर्नेहरू जम्मा दुई प्रतिशत रहेका थिए । डोटी, बैतडी र बझाङ जिल्लाका केही क्षेत्रमा भने आयोडिनको मात्र नभएको ढिके नून बढी मात्रामा उपभोग गर्ने गरिएको जनाइएको छ ।
कोरोना महामारीको सङ्कटबीच भारतको उत्तर प्रदेशबाट सुदूरपश्चिम प्रदेशसम्म ढुवानी गरेर बिक्री वितरण गर्नुपर्ने पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा पनि हाल त्यस्तो कुनै समस्या छैन । नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढी कार्यालयका निमित्त प्रमुख गणेशराज जोशीले भारत र नेपालमा देखिएको कोरोना भाइरसको महामारीको सङ्कटबीच सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको आपूर्तिमा हाल कुनै समस्या नरहेको बताए ।
“प्रदेशका जिल्लाहरूमा जारी निषेधाज्ञाका कारण पेट्रोलियम पदार्थको खपत पनि घटेकोले आपूर्ति व्यवस्थामा समस्या देखिएको छैन”, उनले भने, “कोरोनाको जोखिमबीच ट्याङ्करका चालकहरू भारतका डिपोसम्म पुगेर सुरक्षित ढङ्गले तेल भरेर आइरहेका छन् ।” आयल निगमको क्षेत्रीय कार्यालयसँग रहेको तेल भण्डारण गर्ने दुई ट्याङ्कीमा पर्याप्त डिजेल तथा पेट्रोल मौज्दात छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार