फेरि कृषि विकास बैंकले ४ अर्बको ऋणपत्र जारी गर्ने, ब्याजदर कति ?
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार १९:२८:४१
३ जेठ, काठमाडौं । कृषि विकास बैंकले फेरि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।
यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २४ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ४५ ब्याजदर पाइनेछ ।
बैंकले ८–९ वर्ष अवधिको कृषि डिबेन्चर नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।
केही समयअघि मात्र कृषि विकास बैंकले ६ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन अनुमति पाएको छ । धितोपत्रबाट अनुमति पाएपनि बैंकले हालसम्म यो ऋणपत्र निष्कासन गरेको छैन ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ६० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये २४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ३६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ४५ ब्याजदर पाइनेछ ।
बैंकले ७ वर्ष अवधिको कृषि विकास बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् ।
त्यस्तै, राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत चालु आर्थिक वर्षभित्र वाणिज्य बैंकले चुक्ता पुँजीको २५५ ऋणपत्र जारी गर्नुपर्ने प्रावधान ल्याएपछि बैंकहरु ऋणपत्र निष्कासनमा जुटेका हुन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०५ ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ । यसअघि बैंकले गत वर्षको माघ १४ गतेदेखि १७ गतेसम्म २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
मंसिर १८, २०८१ मंगलबार
कुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार