कोरोना कहरमा भक्तपुरका किसानलाई गहुँ भित्र्याउने चटारो
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार २२:३७:५७
जेठ ३,भादगाउँ । भक्तपुरका किसानलाई यतिबेला हिउँदे मुख्य बाली गहुँ भित्र्याउने चटारो परेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि उपत्यकासँगै भक्तपुरमा पनि निषेधाज्ञा लागू गरिएको भएपनि खेतैभरि गहुँ पहेंलपुर भएर पाकेपछि किसान भने गहुँ काट्न व्यस्त भएका छन् ।
धानपछिको मुख्य बाली गहुँ समयमा नभित्र्याए अहिले पर्ने असिनापानीसहितको झरीले नास गर्ने भएकाले पनि किसानलाई गहुँ काट्ने, चुट्ने र थन्क्याउने चटारो परेको स्थानीय किसानहरुको भनाइ छ । निषेधाज्ञा र कोरोना भाइरस महामारीले नेवार समुदायको प्रमुख पर्वमध्येको एक दिगु पुजा (देवाली) समेत स्थगित गरी किसानहरु खेतका गह्रागह्रामा पुगेका छन् । “निषेधाज्ञा भएपनि अहिले पानी परे असिना पनि आउन सक्ने र पाकेको गहुँबाली नष्ट हुने चिन्ता हामीलाई छ,” छालिङका कृषक अनिल फोँजूले भने, “त्यसैले किसानहरु निषेधाज्ञाका बीच पनि गहुँ काट्न व्यस्त छन् ।”
यसवर्ष भक्तपुरमा ईंटाभट्टा सञ्चालन नहुँदा गहुँखेती वृद्धि भएको छ । कोरोना भाइरस महामारीका कारण गतवर्ष ईंटाभट्टा बन्द गरेका उद्योगी व्यवसायीहरुले यसवर्ष पनि कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यान दिँदैं भट्टा सञ्चालन नगर्ने निर्णय गरेका थिए । सोही कारण विगतका वर्ष ईंटा पार्ने उर्बर जमीनमा यसवर्ष भने लहलह गहुँ झुलेको छ ।
ईंटाभट्टा सञ्चालन नभएकै कारण यसवर्ष छ रोपनीमा गहुँबाली लगाएको भक्तपुर नगरपालिका५ का सुमन दुवालले बताए । कोरोनाकै कारण दिगु पूजा स्थगित गरी सपरिवार चाँगुनारायण नगरपालिका–९, ताथलीमा गहुँ काट्दै गरेको अवस्थामा भेटिएका उनले भने, “कोरोनाका कारण ज्यामी राख्न जोखिम छ, त्यसैले सपरिवार भएर गहुँ काट्न आएका हौँ ।”
यसवर्ष भक्तपुरमा गहुँबालीको क्षेत्रफल वृद्धि भएसँगै प्रविधि पनि भित्रिएको छ । गहुँ काटेर चुट्नलाई धेरै समस्या हुने र ज्यामी पनि नपाउने समस्याका कारण पनि यसवर्ष किसान थ्रेसरप्रति आकर्षित भएका छन् । थ्रेसरले गहुँ चुट्दा छ्वाली भने काम नलाग्ने हुने कृषक फोँजुले बताए । गहुँको छ्वाली विशेषगरी घरको छानो हाल्न, चुलोमा आगो बाल्न समेत प्रयोग गरिन्छ ।
नेवार समुदायमा गठेंमंगललगायतका चाडपर्व र अन्य संस्कारमा समेत छ्वालीको प्रयोग हुने गर्दछ । “थ्रेसरमा गहुँको बोटैसँग राख्दा छ्वाली धुलो हुने र सो धूलो गाईवस्तुलाई सोत्तर राख्न मात्र काम लाग्छ । तर पनि छिटोछरितो हुने हुँदा किसानहरु थ्रेसरप्रति आकर्षित भएका छन्,” उनले भने । थ्रेसरले प्रतिमिनेट ६० रुपैंया भाडा लिने र एक रोपनी खेतको गहुँ ५ देखि १० मिनेटमा चुट्न सकिने उनले बताए ।
भक्तपुरको मध्यपुर थिमि र भक्तपुर नगरपालिका क्षेत्रमा बढ्दो आवादीका कारण खेतीयोग्य जमीन घट्दै गएको छ । सोही कारण यी दुई नगरमा गहुँबाली नगन्य मात्रामा गरेको छ । जिल्लाको सूर्यविनायक नगरपालिकाको दधिकोट, सिरुटार, गुन्डु, सिपाडोल, चित्तपोल र नँखेल क्षेत्रमा गहुँ खेती गरिन्छ ।
यसवर्ष ईटाभट्टा सञ्चालन नभएका कारण चाँगुनारायण नगरपालिका क्षेत्रमा भने गहुँ उत्पादनमा पनि व्यापक वृद्धि भएको छ । यस नगरपालिकाको दुवाकोटमा गहुँखेतीमा केही कमी आएपनि छालिङ, बागेश्वरी, सुडाल र ताथलीमा गहुँखेती राम्रो भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
मंसिर १९, २०८१ बुधबार
धान काट्न मजदुरको सट्टा रिपर मेसिन !
मंसिर १९, २०८१ बुधबार
आधुनिक प्रविधिले दाइँ गर्ने परम्परा लोप हुँदै
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बिमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
चितवनमा डेंगु संक्रमण घट्दो क्रममा
मंसिर १९, २०८१ बुधबार
बाढीपीडितलाई पाँच लाख सहयोग
मंसिर १९, २०८१ बुधबार
बुधबार २५ अंकले घटेको नेप्सेमा ९ अर्ब १३ करोडका शेयर किनबेच भए
मंसिर १९, २०८१ बुधबार
न्यायाधीश प्रधानसँग जोडिएको कांग्रेस नेता ढुंगानाविरुद्धको रिटमाथि आज पनि सुनुवाइ भएन
मंसिर १९, २०८१ बुधबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार