पेट्रोलियम पदार्थको मुल्य वृद्धि प्रति कांग्रेस वीपीको गम्भिर ध्यानाकर्षण
नेपालबहस संवाददाता
जेठ ४, २०७८ बुधबार २:५:२०
४ जेठ, काठमाडौ । पेट्रोलियम पदार्थको मुल्य वृद्धिप्रति कांग्रेस वीपीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस वीपीले एक विज्ञप्ति जारै गर्दै
पेट्रोलियम पदार्थमा नेपाल आयल निगमको मनपरी मुल्य वृद्धि प्रति नेपाली कांग्रेस ‘वीपी’ पार्टी घोर भर्षणा र आपत्ति जनाएको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, कोरोना महामारी संक्रमन तिव्र गतिमा फैलिएको छ । सरकारले चेन ब्रेक गर्न निषेधाज्ञा जारी गरी जनतालाई घर भित्र नै राखि पार्टीको किचलोमा व्यस्त रहि बिरामीहरुले अक्सिजन, बेड नपाएर जिवन गुमाउनु परिरहेको छ । यसरी देश र जनता पीडामा रहेको बेलामा पेट्रोलिम पर्दाथको मुल्य हरेक १५-१५ दिनमा नेपाल आयल निगम प्रति लिटरमा रु.२र. वृद्धि गर्दै उपभोक्तालाई मारमा पार्दैछ । अब पेट्रोल प्रति लिटर रु.२३ र डिजल प्रति लिटर रु.१०६ पुर्याएको छ ।
हरेक १५-१५ दिनमा स्वचालित प्रणालीमा अन्तर्गत मुल्य घट बढ हुनु पर्नेमा नेपाल आयल निगमले घटेको समयमा घाटा भन्दै स्थिर राखि बढेको समयमा मुल्य वृद्धि मात्रै गर्दै आएको छ । यसरी मुल्य वृद्धि गर्दै जाने हो भने घाटा बाट मुक्त नहुने देखिन्छ । यसो हुनुमा महा-प्रबन्धकमा सधै राजनैतिक पार्टीका सदस्यलाई नियुक्ति दिनु र सरकारले आफु अनुकूल निर्णय गराउनु पनि एक कारण हो । तसर्थ: नेपाल आयल निगममा राजनैतिक नियुक्ति भन्दा सिनियरको आधारमा कर्मचारीबाट नै महाप्रबन्धक नियुक्त गरि अहिलेको महाप्रबन्धलाई पद मुक्त गर्नु पर्छ विज्ञप्तिमा उल्लेख छ ।
साथै देशमा निर्वाचन नजिकिदै छ, सरकार संचालक पार्टी र ठुला पार्टी भनेलाई निर्वाचन खर्च चाहिएको छ । त्यसैले पेट्रोल पदार्थको मुल्य वृद्धि गरि चौतर्फी मुल्य वृद्धि गरि चुनावी खर्च उठाउने प्रमुख सुत्रको रुपमा पनि मुल्य वृद्धिलाई प्रयोग गरिएको छ । सचेत नागरिकहरुमा नेपाल आयल निगम र चौतर्फी रुपमा भएको मुल्य वृद्धिको बिरुद्धमा आवाज उठाउन आम-पभोक्ताहरुमा कांग्रेस वीपीले हार्दिक अपिल गरेको छ ।
अगाडि विज्ञप्तिमा भनिएको छ, नेपाल आयल निगम र हाम्रो पार्टीसँग २०७७ चैत २७ गते भएको वार्तामा जनसरोकारका विषयमा सम्बोधन गर्दै जान सकिने भनिए पनि त्यसको सुनाई आयल निगमबाट नभएको र लगातार मुल्य वृद्धि गरिरहे छ । यस प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल आयल निगमला गत चैत २७ गतेको सहमति कार्यनयन गर्न स्मरण गराउँद छौं ।
मुल्य वृद्धि र महङ्गि नियन्त्रण गर्न सरकार, आपूर्ति मन्त्रालय, नेपाल आयल निगम लगाएत सम्बन्धित सबै पक्षलाई सचेत गराउदै तत्काल माग सुनाई नभए निषेधाज्ञाको बिचमा नै जनताको माग लिएर सडकमा आउन चेतावनी समेत विज्ञप्ति मार्फत कांग्रेस वीपीले दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार