डोटीमा लिफ्ट प्रणालीबाट खानेपानीको व्यवस्था
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार २०:२२:१६
७ वैशाख,डोटी । शिखर नरपालिका–६ चुडी गाउँको खानेपानीको समस्या समाधान भएको छ । उक्त गाउँमा वर्षौ पहिलेदेखि खानेपानीको समस्या भएपछि नगरपालिकाले लिफ्ट प्रविधिको खानेपानी योजनामार्फत नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था मिलाएको छ ।
ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना र नगरपालिकाको संयुक्त लगानीमा रु ३६ लाख ३४ हजार ८८८ को लागतमा उक्त लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । आयोजना निर्माण भएसँगै वर्षौँदेखिको खानेपानीको समस्याबाट स्थानीयवासीले मुक्ति पाएका छन् ।
चुडी गाउँमा लिफ्ट प्रविधिको खानेपानी योजना निर्माण भई धारामा पानी आउन थालेपछि पानीका लागि एक घण्टा पैदल हिँड्नुपर्ने यहाँका नागरिकको समस्या समाधान भएको स्थानीयवासी डिल्लीराज फुलाराले बताए । उक्त खानेपानी आयोजनाबाट स्थानीय ७० घर परिवार र एउटा स्कुलले सुविधा पाएका छन् ।
गाउँको बस्ती भन्दा कम्तिमा पनि २८२ मिटर तल रहेको मुहानबाट लिफ्ट प्रविधिबाट तानेको पानीलाई ट्याङ्कीमा भण्डारण गरी वितरण गरिएको उक्त खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीका फुलाराले बताए । उनका अनुसार उक्त आयोजनाअन्तर्गत गाउँ भरमा १२ धारा निर्माण गरिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार