चिकित्सक भन्छन्, तन मन थाक्यो भन्ने छुट छैन
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार २३:३६:५४
७ जेठ,पोखरा । कोरोना महामारीको दोस्रो भेरियन्ट देखापरेसँगै संक्रमितको चाप बढेको छ । लक्षण सहित कोरोना पोजेटिभ देखिएकाहरूलाई फोक्सोमा असर गर्ने तथा निमोनिया हुनेजस्ता जटिलताले अघिल्लोभन्दा यस पटक अस्पतालमा भर्ना हुने बढ्दो छन् ।
अहिलेको जोखिममा ज्यानको पर्वाह नगरी अस्पतालमा दिनरात चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी अहोरात्र खटिरहेका छन् । निरन्तर सेवामा खटिरहँदा कतिपय चिकित्सक, नर्स एवम् अन्यस्वास्थ्यकर्मी आफै पनि संक्रमित हुन पुगेका छन् । नेगेटिभ रिर्पोट आएको भोलिपल्टै सेवामा खटिनुपर्दा पर्याप्त आराम गर्ने समय पनि यतिबेला चिकित्सक, नर्ससहितका स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूलाइ नभएको उनीहरू बताउँछन् ।
कन्सल्टेण्ड फिजिसियन डा। सरोज पोख्रेल भन्छन्, “अहिलेको कठिन अवस्थामा तन, मनलाई थकान गर्न दिने छुट छैन । आँखा अगाडि बिरामीको छटपटाहट देख्दा भोक, प्यास र परिवारनै विर्सन्छौँ ।” डा. पोखरेल यो अवस्था सृजना हुनुमा स्वयम् मानिसनै दोषी भएको ठान्छन् । “मानिस स्वयम्कै कारणले यो सब भैरहेको छ, सामान्य स्वास्थ्य मापदण्ड पनि नअपनाइँ हामी हिडिरहेका छौं । मानिसको आवागमन नरोकिएसम्म र स्वास्थ्य सतर्कता नअपनाएसम्म हामी सुरक्षित हुन सक्दैनौं”, उनले स्वास्थ्य सामान्य विषय नभएकाले विशेष सर्तकता अपनाएर आफू र आफन्तलाई जोगाउन सबैको सकारात्मक भूमिकाको खाँचो औल्याए ।
सहप्राध्यापक एवम् वरिष्ठ फिजिसियन डा. सुवास भट्टराई अहिले डाक्टरहरू मानसिक र शारीरिक रूपमै निकै थकित भएर बिरामीको उपचारमा खटिरहेको बताउछन् । उनी भन्छन्, “अहिले धेरै चिकित्सक एवम् स्वास्थ्यकर्मी जोखिम मोलेर सेवामा निरन्तर लागिरहेका छन्, कतिपय चिकित्सक जिम्मेवारी निभाउँदा आफै संक्रमित हुन पुगेका छन्” उनी थप्छन्, “उपचारमा खटिरहँदा र उपचार गर्दैगर्दा बिरामीलाई बचाउन नसक्दा उनीहरूमा पनि मानसिक तनाव र नैराश्यता आउँछ नै तर पनि अहिलेको कठिन अवस्थामा थकित भएँ, गाह्रो भयो, आराम गर्छु भनेर कुनै चिकित्सक घरमा बस्नु भएको छैन ।”
उनले आफन्त परिवारबाट टाढा रहेर निरन्तर सेवामा खटिएकाले चिकित्सक एवम् स्वास्थ्यकर्मीको मनोबल कमजोर हुने खालका टिकाटिप्पणी सामाजिक सञ्जालहरूमा पोष्ट नगर्न पनि आग्रह गरे ।
पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका उपप्राध्यापक एवम कोभिड मेडिकल वार्डका डा. डेभिड श्रेष्ठ आफ्नोबारेमा भन्दा पनि बिरामीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर निरन्तर सेवामा खटिएको बताए । “हाम्रो पेशा मात्र होइन धर्म पनि हो, अहिलेको महामारी औषधिले मात्रै निको हुने खालको छैन, यस्तो अवस्थामा बिरामीलाई आवश्यक परामर्शसहित आत्मबल उच्च बनाउने हाम्रो पहिलो कर्तव्य हो”, डा श्रेष्ठ भन्छन् । उनले बिरामीका समस्या बाहेक अहिले चिकित्सकलाई परिवार, आफन्त इष्टमित्रसँग हालखबर सोध्ने समय समेत खासै नभएको बताए ।
पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेजका आवासीय चिकित्सक डा. विराज बराल शारीरिक र मानसिक रूपमा निकै थकित भएपनि कर्तव्य र जिम्मेवारीसँगै मानवीय सेवाको लागि निरन्तर खटेको बताउछन् । “निरन्तर संक्रमितको उपचारमा छौ, कतिलाई बचाउन सकिन्छ कतिलाई सकिदैन, बचाउन नसक्दा एकदम नरमाइलो लाग्छ, मृतकका आफन्तको अनुहारमा बगेको आँशुले हामीलाई पनि स्तब्ध बनाउँछ ।”
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले हाल पोखरामा आठ हजार हाराहारीमा संक्रमित होम आइसोलेसनमा रहेको र करिब साढे तीनसयदेखि चारसय २५ जनाले अस्पतालमा उपचार गराइरहेको जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार