भेरी अस्पतालका बिरामी कुरुवालाई रु २० मै खाना
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार १६:१७:५५
९ जेठ,नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना संक्रमित, अन्य रोगका बिरामी र कुरुवालाई रु २० मै खाना उपलब्ध भएपछि उनीहरुका आफन्तलाई राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक रु २० मा भरपेट खाना उपलब्ध भएपछि बिरामीका कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्यसमेत भएको छ ।
अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि श्री सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी माता रसोईका नामबाट साँझ–बिहान दुवै छाक भरपेट खाना खुवाउन शुरु गरेको हो । शुरुआती चरणमा बिहानको छाक मात्रै रु २० मा खुवाउँदै आएकामा निषेधाज्ञाका कारण अस्पताल क्षेत्रका होटल बन्द भएपछि बिरामी तथा कुरुवाको समस्यालाई दृष्टिगत गरी साँझको पनि खाना खुवाउन शुरु गरिएको मण्डलका संरक्षक विजय गुप्ताले बताए ।
धार्मिक एवं मानवीय भावनाले साँझ, बिहान खानाको व्यवस्था गर्दै आएको मण्डलीद्वारा सञ्चालित रसोई घरलाई सहयोग गर्ने दाताको सङ्ख्या पनि बढ्दै गएको छ । यसैबीच बाँकेको रैथाने कुर्मी समुदायको संस्था ‘कुर्मी—वर्मा सहयोगी हात’ बाँकेद्वारा रसोई घरलाई खाद्यान्न सहयोग गरिएको छ । उक्त संस्थाले चामल पाँच क्विन्टल, दाल ५० किलो, पिठो ५० किलो, आलु एक क्विन्टल, तोरीको तेल १० लिटर, नुन २० पोका, सक्खर ४० किलो र खानेपानी ५० पेटी गरी ६० हजार मूल्य बराबरको खाद्यान्न सहयोग गरेको छ । सेवाको निरन्तरताका लागि खाद्यान्न सहयोग गरिएको समाजका अगुवा तथा समाजसेवी केशवराम बर्माले बताए ।
यसअघि रसोईलाई कशौधन वैश्य समाज, कसौधन वैश्य समाज युवा मञ्च र महिला मञ्चले खाद्यान्न सहयोग गरेका थिए । कसौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यको अगुवाइमा रसोईका सञ्चालकलाई २५ बोरी चामल, दुई बोरी अरहरको दाल, दुई बोरी सोयाबिन, दुई बोरी आयोडिन नुन र एक बोरी आलु हस्तान्तरण गरिएको छ । त्यसैगरी नेपालगञ्जको कारकाँदो निवासी कपिल नेपालले पाँच बोरी चामल र एक बोरी दाल सहयोग गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले उक्त रसोई घरलाई मासिक रु एक लाख उपलब्ध गराउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
बाँकेको कुसुममा झाडापाखालाबाट २९ बिरामी, सात जनाको अवस्था गम्भीर
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार
सभामुखले बोलाए दलका सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ १, २०८१ मंगलबार
मुम्बईमा आँधीले होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु
जेठ १, २०८१ मंगलबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
जेठ १, २०८१ मंगलबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार