संक्रमितलाई पौष्टिक आहार लिएर भेट्न पुग्छन जनप्रतिनिधि
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार १८:२८:५१
९ जेठ,दमौली । विभिन्न स्थानीय तहका जनप्रतिनिधि पौष्टिक आहार र स्वास्थ्य सामग्री लिएर कोरोना संक्रमित भेट्न पुगेका छन् । संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्देश्यले जनप्रतिनिधिले सो अभियान थालेका हुन् ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा संक्रमितलाई भेट्न स्वास्थ्य सामग्रीसँगै घरघरमै पुगेका छन् । बन्दीपुर–२ र ३ का ३५ घरमा पुगेर संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै मास्क र केही औषधि वितरण गरेको उनले जानकारी दिए । “संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै हौसला बढाउन घरदैलो गरिएको हो”, उनले भने, “सबैको स्वास्थ्य अवस्था सामान्य नै छ ।”
बन्दीपुर–३ रामकोटका संक्रमित विकास निर्माण कार्यमा सहभागी भएका छन् । चार संक्रमित घरबासको प्रवेशद्वार निर्माणमा खटिएका छन् । स्वास्थ्य मापदण्ड अपनाई दूरी कायम गरी उनीहरु विकास निर्माणका काममा खटिएको अध्यक्ष थापाले जानकारी दिए । शुक्लागण्डकी नगरपालिका–८ ले संक्रमितलाई घरमै पुगेर पौष्टिक आहार वितरण गरेको छ । संक्रमितलाई हौसला बढाउन र स्वास्थ्य अवस्था बुझ्न वडाले घरमै पुगेर पौष्टिक आहार प्रदान गरेको हो ।
स्वास्थ्यकर्मी, टोलका अध्यक्षको सहभागितामा होम आइसोलेशनमा रहेका संक्रमितलाई स्वास्थ्य अवस्था बुझ्दै भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, मास्क, स्यानिटाइजर, थर्मोमिटर, अक्सिमिटर, ग्लोभ्स, प्यारासिटामोलका साथै हर्लिक्स, जुस प्रदान गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।
होम आइसोलेशनका लागि राज्यले तोकेको न्यूनतम मापदण्डसमेत पु¥याउन नसक्दा पनि जनता आफैँ स्थानीय स्रोतसाधन प्रयोग गरेर बसेको उनले बताए । “छिमेकी र समाजले हेयको नजरले हेरेको बेला जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी पुगेर हौसला प्रदान गर्दा उनीहरुले खुशी व्यक्त गरे”, उनले भने । यस वडामा १० जना संक्रमित होम आइसोलेशनमा छन् ।
यसैगरी जिल्लाको देवघाट गाउँपालिकाभित्र संक्रमित भएकाको हौसला बढाउन गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले घरदैलो अभियान शुरुआत गरेका छन । संक्रमितपछि होम आइसोलेशनमा रहेका सर्वसाधारणको अवस्था बुझ्न घरदैलो अभियान शुरु गरेको उनले बताए । “होम आइसोलेशनमा रहँदा स्वास्थ्य अवस्था के कस्तो छ भन्ने जानकारी लिन घरघरमै पुग्ने अभियान शुरु गरेका हौँ”, उनले भने, “यसले संक्रमितको हौसला बढाउन पनि सहयोग पुग्ने विश्वास लिएको छु ।” घरदैलोमा पुग्दा संक्रमितलाई आवश्यक स्वास्थ्य सामग्रीसमेत प्रदान गर्ने गरिएको छ । सामाजिक दूरी कायम गरी संक्रमितलाई भेट्ने गरिएको छ ।
देवघाटमा हाल १२ सक्रिय संक्रमित छन् । संक्रमितमध्ये देवघाट –५ मा १०, देवघाट–१ र २ मा एक÷एक जना छन् । सबै संक्रमित होम आइसोलेशनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रदीप बुढाथोकीले जानकारी दिए ।
देवघाटलाई कोरोनाबाट सुरक्षित राख्न विभिन्न प्रवेश नाकामा अनावश्यक रुपमा आवतजावत गर्नेलाई प्रवेश निषेध गरिएको छ । देवघाट–५ भित्र धार्मिक तथा पर्यटकीय देवघाटधाम रहेको र तीर्थालुको आवतजावत हुन सक्ने भएकाले सम्भावित प्रवेश नाकाहरुमा कडाइ गरिएको वडाध्यक्ष यालबहादुर गुरुङले जानकारी दिए ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले कोरोना संक्रमितको स्वास्थ्य अवस्था बुझ्न घरदैलो गरेको छ । कोरोना संक्रमण भएर होम आइसोलेशनमा बसेका संक्रमितको हौसला बढाउन र स्वास्थ्य अवस्थाबारे जानकारी लिन गाउँपालिकाले घरदैलो गरेको हो ।
गाउँपालिकाका अध्यक्ष थापा, स्वास्थ्य शाखाप्रमुख उपाध्याय, वडा नं ३ का सदस्य दिनेश केसी लगायतको टोलीले संक्रमितलाई दूरी कायम गरी भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
कालीगण्डकी कोरिडोर एक साता बन्द हुने
मंसिर १८, २०८१ मंगलबार