पिखुवा खोला लिफ्टिङ आयोजनाको काम अन्तिम चरणमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार २३:४८:५०
![](https://nepalbahas.prixacdn.net/media/albums/pani-khana_PKGDbrMJxY.jpg)
९ जेठ,भोजपुर । भोजपरको पिखुवा खोला लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । विगत लामो समयबाट पानीको समस्या भोग्दै आएका स्थानीयबासीलाई लक्षित गर्दै सञ्चालन भएको योजनाबाट ४२० घरधुरी लाभान्वित हुनेछन् ।
आयोजनाको काम अन्तिम चरणमा पुगेसँगै रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङ बस्तीका घरघरमा पानी वितरणका लागि धारा परीक्षणसमेत शुरु भएको छ । पिखुवा खोलाबाट पम्पिङ, ट्याङकी निमार्ण, उपभोक्ताको घरघरमा धारा जडान र वितरण पाइप लाइन जडानको काम अन्तिम चरणमा पुगेको छ । करिब रु। १२ करोड ४० लाखमा आयोजना निर्माण शुरु गरिएको हो ।
खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको पिखुवाखोला मानेभञ्ज्याङ पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दिपक तामाङले जानकारी दिए । लिफ्टिङको सफल परीक्षण पश्चात लामाआल डाँडा वितरण केन्द्रबाट उपभोक्ताको घरमा दैनिक बिहान ४ घण्टा र बेलुका २ घण्टा पानी वितरण हुने उपभोक्ता समितिका सचिव जगत चौहानले बताए । लामो समयबाट खानेपानीको संकट व्यहोर्न बाध्य स्थानीयबासी लिफ्टिङ सिस्टमबाट तानेको पानी आउने भएपछि खुशी भएका छन् ।
पिउने पानीको अभावका कारण बसाइसराइ हुँदा सो भेगका बस्तीहरु रित्तिदै गएको छ । अब भने पानीको कारण बस्ती छाड्नु पर्ने अवस्था अन्त्य हुनेमा आशावादी रहेको स्थानीयबासी राम तामाङले बताए । तामाङले भने,‘‘पानी अभावमा यस क्षेत्रका तल्लो भेगको बस्ती नै रित्तो भएको छ । अव भने पानीको कारण अन्यत्र बसाइसराई गर्नु पर्ने अवस्था आउदैन भन्नेमा आशावादी छौँ ।’’ एक गाग्रो खानेपानीका लागि स्थानीयबासी दैनिक एक घण्टाको हिँडेर पानी लिन जानुपर्ने बाध्यता हट्ने भएपछि खुशी लागेको तामाङको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
विराटनगर महानगरको बजेट साढे तीन अर्ब
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु, चट्याङबाट कसरी बच्ने ?
असार १२, २०८१ बुधबार
घिसिङ र उद्योगीबीच सुरु भयो वार, कसको कति छ बिल ?
असार १२, २०८१ बुधबार
विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौँको क्षति
असार १२, २०८१ बुधबार
विवाहपछि सोनाक्षीले भावुक नोट शेयर गर्दै सबैप्रति आभार व्यक्त गरिन्
असार १२, २०८१ बुधबार
बुधबार सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?
असार १२, २०८१ बुधबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार