विमानभित्र जोडीको रोमान्स र चुम्बनले विवाद पैदा
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार १९:२६:४६
पाकिस्तानमा एक विमानभित्र जोडीको रोमान्स र चुम्बनले निकै विवाद पैदा भएको छ । ट्रिब्यूनको रिपोर्ट अनुसार प्रत्यक्षदर्शी यात्रीले विमानको चौथो पंक्तिमा बसेको एक जोडी अचानक चुम्बन गर्न थालेपछि अन्य यात्री असहज भएको दाबी गरेका हुन् ।
यी यात्रीले यसबारे विमानका क्याबिन क्रुलाई जानकारी दिए । त्यसपछि एक एयरहोस्टेसले यो जोडीलाई सार्वजनिक स्थलमा संयमता अपनाउन आग्रह गरिन् तर जोडीले उनको कुराप्रति चासो दिएनन् र पुनः चुम्बन गर्न थाले । त्यसपछि ती एयरहोस्टेसले उनीहरुलाई आफ्नो माया प्रेम लुकाउन ब्ल्याङ्केट दिइन् ।
यो विमानमा वकिल विलाल फारुक अल्वी पनि उपस्थित थिए । उनी यो मामिलामा केबिन क्रुले एक्सन नलिएकोमा रिसाएका छन् र उनले यो मामिलामा एयरलाइनका कर्मचारी र जोडीविरुद्ध सिभिल एभिएसन अथोरिटी समक्ष रिपोर्ट दर्ता गराएका छन् ।
सिभिल एभिएसनले यो विषयमा अनुसन्धान गरिरहेको छ । यो घटना कराँचीबाट इस्लामाबाद जाँदै गरेको फ्लाइट पीए–२०० मा पाँच दिन अघि घटित भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार