प्रवक्ता शर्माको मुख्यमन्त्री नेपालीलाई पत्र: फुकेर चल्नोस् ! सोचेर बोल्नोस्, सही निर्णय गर्नोस्
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १८:४:२
१ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई नयाँ बजेटमा अक्सिजन अभावमा ज्यान गुमाएका र खर्च अभावमा अस्पतालबाट निकालिएकाहरुलाई सम्झिन सुझाव दिएका छन् ।
गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले पहिलो पटक बजेट ल्याउँदै गर्दा पार्टी प्रवक्ता शर्माले यस्तो सुझाव दिएका हुन । समाजिक संजालमार्फत मुख्यमन्त्री पोख्रेललाई पत्र लेख्दै शर्माले भनेका छन् ‘अक्सिजन सकिएर पोखराको अस्पतालमा जीवन गुमाएकी सुत्केरी अनि खर्च अभावमा अस्पतालबाट निकालिएको २१ दिनको शिशुलाई बजेट निर्माण गरिरहँदा सम्झनु नै हुनेछ।
यतिबेलाको शासकीय जिम्मेवारी, राजनीतिक दायित्व अनि कर्तव्य र बाटो बुझ्न भिन्न दुई परिवारका यी दुई अनुहार पर्याप्त भएको शर्माको भनाई छ । शर्माले समय संवेदनशील बनेको भन्दै पोख्रेललाई राम्रो सावित हुन धेरै राम्रो गर्नु पर्ने सुझाव दिएका छन् ।
‘आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुने हुँदा छायाको होइन ऐनाको सुझाव लिनु । हेक्का रहोस् तपाईंको कर्मसँग पार्टीको आगामी छवि गाँसिन्छ । तर नभुल्नोस् संसदीय दलको नेता एउटा पार्टीको हुन्छ, मुख्यमन्त्री सबैको । प्रदेश सरकारको औचित्य स्थापित गर्ने अवसरलाई सकारात्मक सन्देशले प्राण भर्नुहोस्, शर्माले लेखेका छन् ।
शर्मा अगाडि लेख्छन् । ‘प्रश्नलाई प्रोत्साहित र आलोचनालाई स्वागत गर्नुहोस् । तिनको प्रकाशमा रूपान्तरण निश्चित गर्नुहोस् । राजनीतिप्रतिको वितृष्णा कम गर्न तब योगदान पुग्नेछ । गलत निर्णय नगर्न, सच्याउन र नकारात्मक प्रचार चिर्न संयोजन गर्नुहोस् । सहि निर्णय गर्न विज्ञलाई सुन्नुहोस् । जान्नुहुन्छ नै- पद आउँछ, जान्छ तर स्मृतिमा रहन्छ कर्महरू। इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राख्नुहोस्।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार