आइतबारदेखि एनआईसी एशिया र साग्रिला डेभलपमेन्ट बैंकले ३ अर्ब ७५ करोडको ऋणपत्र निष्कासन गर्दै
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १४:४२:३९
४ असार, काठमाडौं । असार ६ गते आइतबारदेखि एनआईसी एशिया बैंक र साग्रिला डेभलपमेन्ट बैंकले ऋणपत्र निष्कासन गर्ने भएका छन् । दुई वटै बैंकले ३ अर्ब ७५ करोडको बराबरको ऋणपत्र निष्कासन गर्न लागेका हुन् ।
एनआईसी एशिया बैंक
१० वर्षे अवधि तथा वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्रमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्ये ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ ।
प्रतिऋणपत्र १ हजार दरको यो ऋणपत्र छिटोमा असार ९ गते र ढिलोमा असार २० गतेसम्म विक्रीमा रहनेछ । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । उक्त ऋणपत्र विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यस कम्पनीलाई ऋणपत्र निष्कासन गर्न बोर्डले जेठ २० गते अनुमति दिएको हो ।
सांग्रिला डेभलपमेण्ट बैंक
सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र असार ६ गतेदेखि विक्री गर्ने भएको छ ।
बैंकले प्रतिकित्ता १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्ये सामूहिक लगानी कोष सहित सर्वसाधारणका लागि ३ लाख कित्ता र ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।
१० वर्षे अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ‘सांग्रिला डेभलपमेण्ट बैंक डिबेञ्चर २०८७’ नामको यो ऋणपत्र खरीदका लागि छिटोमा असार ९ र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
बैैंकको यो ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने तथा कर्जा जोखिम मध्यम रहेको इक्रा एनपी डबल वि प्लस रेटिङ प्रदान गरेको छ ।
उक्त ऋणपत्र विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्ड वैशाख ६ गते नै अनुमति पाएको हो । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
मंसिर १८, २०८१ मंगलबार
कुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार