आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक
नेपालबहस संवाददाता
असार ६, २०७८ सोमबार १:१४:७
६ असार, स्याङ्जा । आँधीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष सुधीर पौडेलले नवौ गाउँसभाबाट चालु बर्षका नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।
नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, उद्यम, सूचना प्रबिधि र पर्यटनलाई जोड दिएको छ । स्याङजाको पहिचान बोकेको अन्धाअन्धी दह र श्रवणकुमारको पहिचान बढाउने खालका कार्यक्रम ‘जाऊ’ है अन्धाअन्धी श्रवणकुमार अभियान’ संचालन गर्ने भएको छ । यसैगरी, सिरुवारी–गोरुजुरे– अन्धाअन्धी–श्रवणकुमार–पंचासे पर्यटन मार्ग बनाउने, सेतीदोभान—साधना गार्डेन पदमार्ग र टावर निर्माण, डहरे लेकमा जंगल पार्क बनाईने जस्ता योजनालाई समावेश गरिएका छन् । सिरुवारी होमस्टेको संस्थागत संरचनाको निर्माण गरिने भएको छ ।
कार्यक्रममा कृषि तथा फलफूल उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम, सुन्तला पकेट कार्यक्रम, किवी पकेट विकास कार्यक्रम संचालन गर्ने भनिएको छ । भूमि बैङ्क र चक्लाबन्दीलाई प्रोत्साहन गर्ने, एक गाउँ एक पकेट क्षेत्र, कृषकलाई कृषि तथा पशु बिमा गर्न प्रोत्साहन गरिने जस्ता कार्यक्रम छन् ।
सबै जातजातिका, भेषभुषा, संस्कृतिको संरक्षण र पहिचानको लागि बहुजातीय संग्रहालय निर्माण, सबै वडा कार्यालयमा इन्टरनेटको ब्यवस्था, २ वटा वडा बालमैत्री बनाईने, पालिकाबासीलाई एक घर एक धारा अनुरुप सर्वसुलभ र स्वच्छ खानेपानी, गाउपालिकाको १० शैयाको अस्पतालको स्तरोन्नी, योग ध्यान केन्द्र निर्माण, उपचार सहायता राहत कोषको स्थापना, किशोर किशोरीमैत्री सूचना केन्द्र, हाम्रो बिद्यालय राम्रो बिद्यालय, जोखिमयुक्त बस्ती पहिचान सहित स्थानान्तरण, वातावरणमैत्री स्थानीय शासनमा जोड दिइएको छ ।
नीति तथा कार्यक्रम अन्तर्गत उत्पादनसँग विद्यार्थी विद्यार्थीसँग अध्यक्ष कार्यक्रम अनिवार्य रुपमा खोपको व्यवस्था, जेष्ठ नागरिकको सेवालाई स्वास्थ्य प्रबद्र्धधन गर्दै जेष्ठ नागरिक गाउँघर स्वास्थ्य क्लिनिक कार्यक्रम, जेष्ठ नागरिक पोषण कार्यक्रम, पनि समावेश छन् ।
लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्नका लागि आवश्यक व्यवस्था गरिने, खेल मैदान निमार्ण, गाउँपालिकाको केन्द्रबाट वडा केन्द्रसम्म पुग्ने सडकहरुलाई स्तरोन्नत्ति सहित कालोपत्रे गरिने, सडक एवं पुर्वाधारतर्फ ४० प्रतिशत स्टक्चरको काम गर्ने उल्लेख छ ।
सेतीदोभान र शिरुवारी जोड्ने आँधीखोलामा निर्माणाधीन पुल निर्माण, बहुउद्देश्यीय सभा हल व्यापारिक तथा सपिङ कम्प्लेक्स जस्ता गाउँपालिकाका गौरब आयोजनाका कामलाई सम्पन्न गरी संचालन गर्ने व्यवस्था मिलाइने, सौर्य ऊर्जाका साथ आँधीखोला उज्यालो अभियान सञ्चालन गर्न प्रयत्न गरिने उल्लेख गरिएको छ ।
पालिकाले गतबर्षभरी गरेका कामका बारेमा समिक्षा गदै चालु बर्ष संचालन गर्नेगरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
पालिकाले १३ वटा ऐन पारित गरेको, कोभिडको माहामारीमा परेका नागरिकको स्वास्थ्य उपचारका लागि अक्सिजन सहितको स्वास्थ्य उपचार र आवश्यकता अनुरुपको स्वास्थ्य परिक्षण गरेको, न्यायिक समितिमा परेका १७ वटा उजुरी मध्ये १६ वटाका समस्या समाधान गरेको बताईएको छ ।
राजश्व संकलनमा ९४ प्रतिशत सफलता मिलेको, पालिकामा संचालित आयोजनामा ८५ प्रतिशत भौतिक तथा ६२ प्रतिशत बित्तिय प्रगती भएको, ९८ प्रतिशतलाई खानेपानीको सुबिधा, ७० हेक्टरमा सिंचाई सुबिधा, गतबर्ष २६ किलोमीटर कालेपत्रे सडक निर्माणपछि अहिले पालिकाभित्र ३० दशमलब ४ किलोमीटर पक्की सडक बनेको अध्यक्ष पौडेलले जानकारी गराए ।
पालिकाले ५० प्रतिशत अनुदानमा टनेल, हाते ट्याक्टर उपलब्ध गराउनुका साथै, निशुल्क बिउविजन, मल, कागतीका विरुवा उपलब्ध गराएको छ । पर्यावरण जोगाउन ५२ हजार माछाका भुरा, बिद्यार्थीलाई एभोकाडो कार्यक्रम सहित १६ हजार बिरुवा रोपण, ९ हजार किलो बर्षे आलुको बीउ सामुहिकरुपमा बितरण लगायतका बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार