चाइना नेपाल फ्रेण्डसिप इन्डस्ट्रियल पार्कको डीपीआर स्वीकृत
नेपालबहस संवाददाता
असार ८, २०७८ बुधबार १:५:११
८ असार, काठमाडौं । सरकारले मुलुकको सबैभन्दा ठूलो औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन डीपीआर स्वीकृत गरेको छ । लगानी बोर्डको आज बसेको बैठकले चाइना नेपाल फ्रेण्डसिप इन्डस्ट्रियल पार्कको डीपीआर स्वीकृत गरेको हो ।
बोर्डका प्रवक्ता भूपाल बरालका अनुसार डीपीआर स्वीकृतिसँगै अब विकासकर्तासँग परियोजना विकास सम्झौताका लागि आवश्यक तयारी गर्न अनुमति समेत प्राप्त भएको छ ।
बैठकले माथिल्लो तमोर जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ । सो आयोजनाको कूल लगानी करिब रु ६४ अर्ब ९५४ करोड अमेरिकी डलर० रहेको छ । सो आयोजनाको कूल क्षमता २८४ मेगावाट रहेको छ ।
यस्तै, रु ३३ अर्ब ४१ करोड ४० लाख लगानी रहने तल्लो मनाङ मस्र्याङदी जलविद्युत आयोजनाको पनि लगानी स्वीकृत गरिएको छ । सो आयोजनाको कूल क्षमता १३९.२ मेगावाट रहेको छ ।
यस्तै, बैठकले संखुवासभामा निर्माण हुने तल्लो अरुण जलविद्युत् परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभिएन लिमिटेड इण्डियासँग गरिने सम्झदारीपत्रको मस्यौदा स्वीकृत गरेको छ । सो आयोजानको क्षमता ६७९ मेगावाट रहेको छ ।
बैठकले पश्चिम सेती र एसआर ६ संयुक्त जलविद्युत् आयोजानको विकास तथा लगानीको खाका तयार पार्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
सो समितिले आवश्यक खाका तयार पारी पेश गर्नेछ । त्यस्तै, अरुण तेस्रो जलविद्युत् आयोजनाको परियोजना प्रवेश मार्गअन्तर्गत रहेको छ्याङ्कुटी–दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जासम्बन्धी परियोजनाको विकास गर्दा त्यससँगै प्रसारण प्रणालीको समेत निर्माण कार्य अगाडि बढाउन निर्देशन दिए । त्यसका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देश गरेको प्रवक्ता बरालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार