खोटाङका दशमध्ये आठ स्थानीय तहको नीति तथा कार्यक्रम सार्वजनिक, कहाँ कति बजेट प्रस्तुत ?
नेपालबहस संवाददाता
असार ११, २०७८ शुक्रबार १३:४०:५६
११ असार, खोटाङ । जिल्लाका १० स्थानीय तहमध्ये आठ स्थानीय तहले बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका बराहपोखरी र केपिलासगढी गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रु ८५ करोड आठ लाख ६२ हजारको बजेट प्रस्तुत गरेको छ । आन्तरिक आय रु एक करोड पाँच लाख रहने अनुमान गरेको यस नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि रु ३० करोड ४३ लाख तथा स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याई स्वास्थ्य सेवाको स्तरोन्नति गर्न स्वास्थ्य तथा पोषण क्षेत्रमा रु छ करोड २६ लाख बजेट विनियोजन गरेको छ ।
हलेसी तुवाचुङ नगरपालिकाले रु ५८ करोड १६ लाख २८ हजार ४५० बजेट प्रस्तुत गरेको छ । त्रिधार्मिकधाम हलेसीसमेत रहेको यस नगरपालिकाले स्थानीय सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने, नगरपालिकाबाट प्रकाशन हुने विज्ञापन प्रकाशनमा नगरपालिका वा जिल्लाकै विज्ञापन एजेन्सीलाई प्राथमिकता दिने र नगरपालिकाबाट पत्रकारिता वा अन्य विषयमा विद्यावारिधि गर्ने छात्र÷छात्रालाई छात्रवृत्ति प्रदान गर्ने र पत्रकार महासङ्घ खोटाङ शाखासँगको समन्वयमा पत्रकारिता तालिम सञ्चालन गर्ने नीति तथा कार्यक्रम ल्याइएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले रु ६२ करोड २८ लाख ३७ हजार ५९०, जन्तेढुङ्गा गाउँपालिकाले रु ३९ करोड ९९ लाख ९३ हजार २७०, खोटेहाङ गाउँपालिकाले रु ५१ करोड ६६ लाख ३२ हजार १२०, रावाबेँसी गाउँपालिकाले रु ३६ करोड ४५ लाख ३५ हजार, ऐँसेलुखर्क गाउँपालिकाले रु ४० करोड ३९ लाख ८५ हजार ९६० र साकेला गाउँपालिकाले रु ३२ करोड २३ लाख ९० हजार ४३० बजेट प्रस्तुत गरेका छन् । बिहीबार गाउँसभा सम्पन्न गर्ने गाउँपालिकाहरुले कृषि, पर्यटन र रोजगारमूलक कार्यक्रमलाई पहिलो प्राथमिकता दिएर नीति तथा कार्यक्रम बनाएका छन् ।
बिहीबार सम्पन्न नगर तथा गाउँसभामध्ये साकेला गाउँपालिकामा आयोजना गरिएको गाउँसभा गाउँपालिका उपप्रमुख सरिता खड्कासहित दुई वडाध्यक्ष र तीन कार्यपालिका सदस्यले बहिष्कार गरेका छन् । उनीहरुले बहिष्कार गरे पनि गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले कार्यपालिकाको बहुमत सदस्यको हस्ताक्षरसहित बिहीबार प्रस्तुत गरिएका नीति तथा कार्यक्रम पारित गराए ।
गाउँसभा बहिष्कार गरेपछि उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा गाउँपालिकाका सवारी साधन, जिन्सी सामग्री खरिद तथा इन्धनलगायतमा पार्टी कार्यकर्ताको भर्तीकेन्द्रका रुपमा सञ्चालन हुँदै आएको भन्दै खेद प्रकट गरिएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकाको गाउँसभा गर्ने मिति अहिलेसम्म टुङ्गो लागेको छैन । रु ३४ करोड बराबरको बजेट प्रस्तुत गर्ने तयारी गरेको उक्त गाउँपालिकाले बिहीबार प्राविधिक कारण देखाउँदै गाउँसभा रोकेको हो ।
केपिलासगढी गाउँपालिकाले भने यही असार १४ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सूचनामार्फत जानकारी दिएको छ । गाउँपालिकाका केही जनप्रतिनिधिमा कोरोना देखिएकाले बिहीबार गर्नुपर्ने गाउँसभा १४ गतेलाई सारिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार