खोलामा पौडी खेल्न गएका ६ किशाेर मध्ये दुई बेपत्ता
नेपालबहस संवाददाता
असार २०, २०७८ सोमबार ०:२५:२३
२० असार, पाँचथर । पौडी खेल्न गएका दुई जना किशोर खोलाले बगाएर बेपत्ता भएका छन् । आज दिउँसो पौडी खेल्न पाँचथर–ताप्लेजुङ सीमाबाट बग्ने इंवा खोला गएका जिल्लाका याङवरक गाउँपालिका–४ थर्पू बजार छेउका दुई जना किशोर खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा याङवरक–४ निशानधाम छेउका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय बिपल योङहाङ छन् ।
स्थानीय सञ्चारकर्मी नेत्रप्रसाद कोइरालाका अनुसार यहाँका छ जना किशोर पौडी खेल्न भनी इंवा र काबेली खोलाको दोभान छेउ त्रिवेणी गएका थिए । पौडी खेल्ने क्रममा नदीको बहावले लक्ष्मण र बिपललाई बगाएपछि अन्य किशोरले गाउँमा आई स्थानीयवासीलाई खबर गरेका थिए ।
दिउँसो करीब २ बजे घटना थाहा पाएपछि स्थानीयवासी र प्रहरी खोजी कार्यमा जुटेका छन् । खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोलीसमेत घटना स्थलतर्फ गएको छ । बेपत्ता भएका लक्ष्मण र बिपल दाजुभाइका छोरा हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार