माउण्ट रसुवा हाइड्रोपावर आयोजनामा लक्ष्मी बैंकले कर्जा लगानी गर्ने
नेपालबहस संवाददाता
असार ३०, २०७८ बुधबार २३:१९:४६
३० असार, काठमाडौं । माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि.–मिदिम –१ जलविद्युत आयोजनामा लक्ष्मी बैंकले कर्जा लगानी गर्ने भएको छ ।माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि. गण्डकी प्रदेशको लमजुङ्ग जिल्लाको कव्होलासोथार र मस्र्याङदी गाँउपालिकाहरुमा अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंक लि. ले कर्जा लगानी गर्ने गरी कर्जा सुविधा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो ।
उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया २ अर्ब ९३ करोड ८२ लाख रहेका बैंकले जनाएको छ । माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि. र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७५ साल माघ ७ गते भएको र उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७७ साल कार्तिक ३ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेको बताइएको छ ।
माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि. लाई रसुवा कन्स्ट्रकशन प्रा.लि. लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन र सोका अध्यक्ष राजेन्द्र राज आचार्य रहेको बैंकले जनाएको छ ।
बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र वाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी ( Equity ) रहनेछ । उत्पादन क्षमता १३.४२४ मेगावाट रहेको माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि. ले झण्डै ८३.१७ गेगावाटआवर (GWh) विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना जुलाई २०, २०२३ मा संचालनमा आउने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
मंसिर १८, २०८१ मंगलबार
कुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि
मंसिर २०, २०८१ बिहिबार
उदयपुरमा आगलागी, पाँच लाखको क्षति
मंसिर २०, २०८१ बिहिबार
पाल्पामा सुन्तला महोत्सव हुँदै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार