भण्डारी बाहिरिएसँगै कुमारी बैंकको कामु सीईओमा तिमल्सिना
नेपालबहस संवाददाता
साउन १, २०७८ शुक्रबार २१:१८:५९
१ साउन, काठमाडौं । कुमारी बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा अनुजमणि तिमिल्सिना नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले पदीय जिम्मेवारीबाट अवकाश लिएसँगै तिमल्सिनाले कामु सीईओको जिम्मेवारी सम्हालेका हुन् ।
सीईओ भण्डारी कुमारी बैंकमा आफ्नो ४ वर्षको कार्यकाल पुरा गर्दै बैंकबाट बाहिरिएका छन् । कुमारी बैंकको संचालक समितिको बैठकको निर्णयानुसार बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका तिमिल्सिनालाई आजबाट लागू हुने गरी कामु सीईओ तोकिएको छ ।
३५ वर्षको लामो बैंकिङ करियर लगायत विभिन्न बैंककाे प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ बर्षको वृहत कार्यकालको अनुभव कमाउन सफल सुरेन्द्र भण्डारीको कार्यकाल सुखद् र अत्यन्तै सफलदायी रहेको बैंकले जनाएको छ ।
उनको कार्यकालमा बैंकले प्रशंसनीय स्थरोत्रति गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको छ । बैंकले भण्डारीकै कार्यकालमा विभिन्न वित्तीय संस्थाहरूका साथै तत्कालीन देवःविकास बैंकलाई पनि प्राप्ति गरेर बैंक व्यवसायको दायरा निकै फराकिलो पारेको थियो ।
बैंकको सञ्चालक समितिको बैठकमा सुरेन्द्र भण्डारीले आफ्नो परिवार तथा समाजप्रतिका अन्य जिम्मेवारीहरु वहन गर्नुपर्ने बेला आएको हुनाले पदभारबाट विदा लिन चाहेको जानकारी गराउँदै नयाँ पिँढीले बैंकको सबल, सक्षम कार्यसम्पादन गर्नका लागि शुभकामना पनि दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकको दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा
असोज ११, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत शेयर धितो कर्जा लिन मिल्ने
असोज ११, २०८१ शुक्रबार
एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशतसम्म छुट
असोज ९, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार