बीरगञ्ज भन्सारको सेटिङमा तस्करी शुरुः भन्सार कंगाल हुँदै, भन्सार कर्मचारी मालामाल
नेपालबहस संवाददाता
साउन ७, २०७८ शुक्रबार १:७:१८
७ साउन, बीरगञ्ज । देशकै आर्थिक नगरी र नेपालका भन्सार कार्यालयहरु मध्ये सबैभन्दा बढी राजश्व संकलन गर्ने मुख्य भन्सार नाका बीरगञ्ज रहेको छ । तर पछिल्लो समय बीरगञ्ज भन्सार कार्यालयलाई नेपाल सरकारले दिएको लक्ष्य पुरा गर्न बीरगञ्ज भन्सार कार्यालयले नसक्नुमा भन्सार कार्यालयका कर्मचारीको गम्भीर कमजोरी रहेको बताइएको छ ।
गत आर्थिक वर्ष २०७७ं/०७८ को जेठ महिनामा राजस्व संकलनमा निकै कमी आएको छ । नेपालमा आयात हुने वस्तुमा कुनै कमी नरहेतापनि बीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा भने कमी आएको बीरगञ्ज भन्सार कार्यालयले आफैले जनाएको छ ।
पर्साको ग्रामीण क्षेत्रमा रहेका नाका नजिक सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करीलाई खुलमखुला गरेपछि तस्करहरुले भन्सार भित्रैबाट पनि भन्सार प्रमुख र कर्मचारीको मिलोमतोमा ठूलो मात्रामा तस्करी गरिरहेको एक भन्सार एजेन्टले नाम नछाप्ने शर्तमा नेपालबहसलाई बताएका छन ।
पर्सा प्रहरी प्रमुख वेलबहादुर पाण्डे र सशस्त्र प्रहरी प्रमुख राजेन्द्र खडकाले तस्करीमा खुला छुट गरेपछि तस्करहरुले अहिले बीरगञ्ज भन्सार कार्यालयका कर्मचारीहरुलाई पनि मिलाएर भन्सारभित्रैबाट ठूलो मात्रामा तस्करी भै रहेको श्रोतको दावी रहेको छ ।
अर्कोतर्फ बीरगञ्ज भन्सारका कर्मचारी, भन्सार एजेन्ट र व्यापारीहरुको मिलोमतो मै भन्सारका कर्मचारीहरुले भन्सार जाँचपास गराउने व्यापारीहरुसँग मोटो रकम लिएर मुल्यांकन कम गरी भन्सार जाँचपास गर्ने गरेको कारण बीरगञ्ज भन्सारले पाएको लक्ष्य पुरा गर्न नसकेको एक व्यापारीले बताएका छन् ।
बीरगञ्ज भन्सारका कर्मचारीहरुले बजनमा आउने सामानहरुमा बजन कम गरी भन्सार गर्ने गरेको रहस्य समेत पता लागेको छ । बजनमा भन्सार हुने सामानहरु जस्तै मार्वल, ग्रेनाईड जस्ता महंगा सामानहरुमा मुल्यको ३० प्रतिशत भन्सार राजश्व लाग्ने भएतापनि ठूलो परिमाणमा आएका यी समानहरुलाई बजन कम गरी भन्सार प्रमुख, कर्मचारीहरु, जाँचकी र भन्सार एजेन्टको सेटिंङमा जाँचपास गरी राजश्व चुहावट भईरहेको छ ।
मुल्यांकन र एमआरपीको ६०-४० को भागबण्डा गर्ने साथै बजन कम देखाई किलोमा मुल्यांकन भएको सामान एमआरपीमा पास गर्ने र एमआरपी भएको सामानहरुमा महंगो भन्सार लाग्ने माल बस्तुहरुमा एमआरपी च्यातेर व्यापारीहरुले ल्याएपछि कम मुल्यांकन गरी जाँचपास गर्ने जस्ता कारणले बीरगञ्ज भन्सारको राजस्व संकलनमा कमी आउनु पनि एक प्रमुख कारण रहेको जानकार स्रोतको भनाई छ ।
अहिले बीरगञ्जबाट दैनिक दुई करोड भन्दा बढी राजस्व छलि गरि भन्सार भित्रैबाट तस्करीका समानहरु लत्ताकपडा, एलईडी टिभी, जस्ता सामानहरु भन्सार कर्मचारीहरु कै मिलोमतोमा नेपाल भित्रिने गरेको एक भन्सार एजेन्टले नाम नबताउने सर्तमा बताएका छन ।
केही महिना पहिला बीरगञ्ज १७ स्थित रहेको आईसीपी भन्सारबाट जाँचपास भै छुटेको धान बोकेको ट्रक भित्र अबैध रुपमा भन्सार छलेर ४५ लाख मुल्य बराबरको ४० गाठ लत्ताकपडा जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च टोलीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको थियो भने केही महिना पहिला पनि आईसीपी भन्सार बीरगञ्जबाट जाँचपास भै निस्केको कागज बोकेको ट्रक भित्रबाट अबैध रुपमा भन्सार छलेर ९४ गाठ करौंडो मुल्य बराबरको कपडा भारतीय नम्बरको गाडीसहित १३ नम्बर गण चिनीमिल पर्साका तत्कालिन सशस्त्र प्रहरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवरले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएका थिए ।
त्यसैगरी सशस्त्र प्रहरी बल १३ नम्बर गण चिनीमिल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले २०७७ साल चैत्र ११ गते आईसीपी भन्सारबाट जाँचपास गरि धान लोड भै छुटेको बि आर ०६ जीवी ४१५६ नम्बरको भारतीय ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा सो धान बोकेको मालबाहक गाडीबाट ९३ गाठ सटिङ्ग सुटिङ्ग कुर्ता शुरुवाल, महंगा साडीहरु गरी करिब १ करोड ५ लाख रुपैयाँ बराबरको सामान र भारतीय नम्बरको गाडीसहित राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएका थिए ।
कैयौं पटक गरी करोडौं रुपैयाँ बराबरका अबैध सामानहरुसहित गाडीहरु नियन्त्रणमा लिएर राजश्व अनुसन्धान बारामा पठाएका छन् । यो त प्रहरीहरुसँगको सेटिङ नमिलेका कारणले गर्दा संचारकर्मीहरुले सार्वजनिक गरेका हुन । यस्ता कति घटनाहरु छन्, जुन भन्सारले जानकारी नै दिन चाहँदैन् ।
बीरगञ्ज भन्सारमा चेकजाँच गर्ने जाँचकी र एजेन्टहरुले पैसा नलिएको मालसामान भएको गाडीहरुलाई चेकजाँच गर्न ढिलाई गर्ने गरेको सवारीधनीहरुले बताएका छन् ।
अहिले बीरगञ्ज भन्सार कार्यालयले लगभग ९९ दशमलव ६ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ । विभिन्न बाहना देखाई सरकारले दिएको लक्ष्य पुरा गर्न नसक्ने तर कर्मचारी र भन्सार प्रमुखले भने आफुले जुन लक्ष्य लिएर बीरगञ्ज भन्सार आएका हुन्छन त्यो लक्ष्य चाहिँ पूरा गर्ने गरेको आम मानिसहरुको बुझाई रहेको छ ।
यदि समयमै समबन्धित निकायका मन्त्री र विभाग प्रमुखहरूले आफ्नो मातहतका कर्मचारीहरुको गतिविधिमा ध्यान दिएनन् भने बीरगञ्ज भन्सारले पाएको लक्ष्य पूरा हुन गाहृो हुनेछ । भन्सार कंगाल तरभन्सार कर्मचारी भने मालामाल । त्यसकारण समयमै सरोकारवालाको ध्यान जान जरुरी छ । यसतर्फ राज्यका अन्य अंगहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्बन्धित निकायको समयमै ध्यान जानु जरुरी छ । ♦कृष्णा यादवबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
बंगलादेशविरुद्धको खेलमा टस हारेर ब्याटिङ गर्दै नेपाल
मंसिर १६, २०८१ आइतबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार