पूर्वप्रधानमन्त्री भट्टराईको बीरगञ्जमा पुत्ला दहन, हिन्दु धर्म बिरोधी अभिव्यक्ति दिएको आरोप
नेपालबहस संवाददाता
साउन ७, २०७८ शुक्रबार २:१३:१०
७ साउन, पर्सा । विश्व हिन्दु परिषद नेपालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको बीरगञ्जमा पुत्ला दहन गरेको छ । सनातन हिन्दु धर्म विरुद्ध अभिव्यक्ति दिएको भन्दै परिषदले डा. बाबुराम भट्टराईको पुतला दहन गरेको हो ।
जसपा पार्टीका संघीय परिषदका अध्यक्ष समेत रहेका भट्टराई विरुद्ध बीरगञ्जमा नाराबाजीसहित जुलुस प्रर्दशन गर्दै उनको पुत्ला लगाएका हुन । भारत युपीका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दुध अर्पण गरी पुजापाठ गरिरहेको तस्बिरलाई भट्टराईले आफनो सोसल एकाउन्ट टुईटरमार्फत शेयर गर्दै हिन्दु धर्ममाथि अभद्र टिप्पणी गरेका थिए ।
उनले गरेको टिप्पणीको चौतर्फी रुपमा हिन्दुवादी संघसंगठनहरुले विरोध गर्दै प्रर्दशन गरेका छन । त्यसकै क्रममा विश्व हिन्दु परिषद नेपालले पनि बीरगञ्जमा भट्टराई विरुद्ध प्रर्दशन गर्दै उनको पुत्ला लगाएर कडा विरोध जनाएका छन ।
बीरगञ्जको माईस्थान चोकमा भेला भएका हिन्दु युवाहरुले भट्टराई विरुद्ध चर्को नाराबाजी गर्दै जुलुस प्रर्दशन गरेका थिए । विरोध प्रर्दशनमा हिन्दु युवाहरुले बाबुराम भट्टराई मुर्दावाद, हिन्दुधर्मलाई अपमान गर्न पाईदैन, भट्टराईलाई कडा कारवाही गर लगायतको चर्को नाराबाजी गरेका थिए ।
भट्टराईको पुत्लासहित निकालिएको विरोध जुलुस नगर परिक्रममा पश्चात घण्टाघर चोकमा पुगेर प्रहरीको कडा सुरक्षाका बीच उनको पुत्ला दहन गर्दै चर्को आलोचना समेत गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै परिषदका बीरगञ्ज महानगर उपाध्यक्ष कृष्णमोहन सहायले पौराणिक कालदेखि चल्दै आएको हाम्रो सनातन धर्म विरुद्ध बारम्बार आक्रमण गरी हिन्दुहरुको आस्थासँग खेलवाड गरेको प्रति घोर विरोध जनाउँदै हिन्दुको आस्थासँग खेलवाड गर्ने विरुद्ध अब प्रतिकारमा उत्रिने चेतावनी दिए ।
भट्टराईलाई चेतावनी दिदै उनले भने, तपाईलाई हाम्रो रितिरिवाज बारे जानकारी छैन भने आउनुस् म तपाईलाई हिन्दुधर्मको रितिरिवाज बारे ज्ञान सिकाउँछौ तर हाम्रो हिन्दु आस्थामाथि प्रहार गर्न खोज्यो भने, हामी हनुमान भएर तपाईको छाती चिरेर त्यसको जवाफ दिने छौं ।
अल्पसंख्यकको राजनीतिक गरेर चर्चा कमाउन बहुसंख्यकको अपमान गर्ने राजनीति विगत केही बर्षदेखि कथित जनआन्दोलनपछि यस्तो बिकृति बढ्दै गएको छ । बाबुराम भट्टराईको यो पहिलो घट्ना होईन । उनले विगतमा पनि हिन्दु धर्म संस्कृतिलाई अपमानित हुने खालको अभिव्यक्ति दिदै आएको उनीहरुको गुनासो रहेको छ ।
विगत जनआन्दोलनपछि कम्युनिष्ट विचारधारा तथा माओवादी जनआन्दोलनबाट आएका कथित आफूलाई बुद्धिजीवी र संभ्रान्त मान्ने मांनसिकता भएका बाबुराम भट्टराईले विदेशीको डलर तथा ओलीवाईनमा रमाएर आफनो धर्म संस्कृति नष्ट पार्दै आएक उनीहरुको आरोप थियो ।
उनले हिन्दु धर्म संस्कृतिलाई समाप्त पार्नको लागि विदेशी एजेन्डा लिएर नेपालमा उनीहरुकै लागि राजनीतिक गर्ने पछिल्लो समयमा हिन्दु आस्थामाथि प्रहार गरेर आफनो राजनीतिक चम्काउने कार्य विगतदेखि नै गर्दै आएको हिन्दु अगुवाहरुले बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार