माओवादीको आकस्मिक बैठकले गर्यो शेरचनलाई पुन प्रदेश प्रमुखमा सिफारिस, मन्त्रीबारे छलफल जारी
नेपालबहस संवाददाता
साउन १२, २०७८ मंगलबार २२:४८:२३
१२ साउन, काठमाडौं । माओवादी केन्द्रको आज बसेको आकस्मिक बैठकले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई पुन नियुक्ति गर्न सिफारिस गरेको छ । यसअघि केपी ओली सरकारले शेरचनलाई हटाएर एमाले कार्यकर्ता सीताकुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
ओली नेतृत्वको सरकार हटेर बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुख फेर्न तयारी गरेपछि माओवादीको यो निर्णय आएको हो ।
आज डाकिएको आकस्मिक बैठक अहिले पेरिसडाँडामा जारी रहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भेटेपछि आकस्मिक स्थायी समिति सदस्यहरुको बैठक राखेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा जाने मन्त्रीहरुको नामपनि टुंगो लगाउने र पार्टीको आन्तरिक सांगठनिक विषयमा छलफल भइरहेको बताइएको छ ।
यसअघि गत साउन सात गते बसेको बैठकले आगामी साउन १७ गते स्थायी समिति र २० गते केन्द्रीय समिति बैठक बस्ने मिति तय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार