गाउँपालिका जाने मुख्य सडक २० दिनपछि सुचारु
नेपालबहस संवाददाता
साउन १४, २०७८ शुक्रबार ४:४७:६
१४ साउन, दमौली । तनहुँको ऋषिङ गाउँपालिका जाने मुख्य सडक २० दिनपछि पूर्ण रुपमा सुचारु भएको छ । गत असार २४ गते आएको पहिराले अवरुद्ध भएको श्रृङ्गपथ आजबाट पूर्ण रुपमा सञ्चालनमा आएको हो ।
पहिराका कारण उक्त सडकखण्डको ऋषिङ गाउँपालिका–८ अैरीभिर पूर्ण रुपमा बन्द थियो । पहिरो हटाएर उक्त खण्ड नियमित गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । गाउँपालिका जाने मुख्य सडकखण्ड पहिराले अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो ।
“गाउँपालिकाकै पहलमा आजबाट पहिरा हटाई ठूला सवारी साधनसमेत सञ्चालन भइसकेको छ, ठूलो पहिरा भएका कारण पूर्ण रुपमा सुचारु गराउन समय लाग्यो”, दरैले भने । उक्त खण्ड पहिराले अवरुद्ध हुँदा झापुटार हुँदै सर्वसाधारण गाउँपालिकासम्म जानुपर्ने बाध्यता थियो ।
असारमा आएको पहिराले जिल्लाका अधिकांश ग्रामीण भेगका सडक अवरुद्ध भएका थिए । अधिकांश स्थानमा पहिरा हटाएर बाटो नियमित भएको छ भने अझै पनि केही ठाउँमा पहिरो हटाउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
कालीगण्डकी कोरिडोर एक साता बन्द हुने
मंसिर १८, २०८१ मंगलबार
रामजानकी विवाहपञ्चमी: अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार