नेपाललाई दोस्रो अध्यक्षमा स्वीकार्न नसक्ने पोखरेलको घोषणा
नेपालबहस संवाददाता
साउन १५, २०७८ शनिबार २:१२:२
१५ साउन, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष दिने प्रस्ताव गरेपछि महासचिव ईश्वर पोखरेलले असहमति प्रकट गरेका छन् । उनले माधव नेपाललाई कुनै हालतमा दोस्रो अध्यक्ष स्वीकार गर्न नसकिने भन्दै अस्वीकार गरेका हुन् ।
एमाले महासचिव पोखरेलले पार्टीमा एकताका लागि खोजिने कुनै पनि विकल्प विधानसम्वत हुनुपर्ने बताएका छन् । साथै नेपाल पक्षलाई धेरै प्रतिक्षा गर्न उचित नहुने उनको धारणा छ । विधानमै नभएको विषय उठाएर एकतामा भाजो हाल्न खोजेको उनको धारणा छ ।
शुक्रबार पार्टी कार्यालय, थापाथलीमा एमाले महासचिव पोखरेलले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय भइसक्दा पनि तदारुकता नदेखिएको बताए । उनले अघि भने, अड्किएको कहाँ हो, मैले पनि बुझेको छैन । पार्टी अध्यक्ष ओलीले कार्यदलमा रहेर काम गरेका नेताहरुलाई शुक्रबारसम्म कोशिश गरौं भनेको भन्दै उनले अघि भने, दोस्रो अध्यक्षको प्रस्ताव र समान हैसियत हुनुपर्ने नेपाल पक्षको अडानबारे सोधिएको प्रश्नमा महासचिव पोखरेलले पार्टीको विधान अनुसार हुनुपर्ने बताए ।
‘पार्टीभित्र समझदारी बनाउन के गर्नुपर्ने हो, त्यसमा अधिकतम लचकता अपनाउने हो, तर त्यो अधिकता लचकता विधिसम्मत ढंगबाट हुनुपर्छ । एमालेको विधान, नियमावली, संस्थागत निर्णय अनुकुल हुनुपर्छ, उनले भनेका छन् । उनले दैनिक जसो अनेक प्रस्ताव आउने गरेको भन्दै उनले कुन प्रस्ताव के हो भन्ने ठेगान गर्नै कठिन रहेको बताए ।
पार्टीभित्र विग्रहकारी स्थिति अन्त्य हुनुपर्छ, त्यसका लागि सम्बन्धित सबै पक्षले कहाँ कहाँ आफूले भूमिका खेल्ने हो जिम्मेवारीपूर्वक खेल्नुपर्छ, तर कुनै पनि कुरा पार्टीको पद्धतिभन्दा फरक ढंगले हुन सक्दैन, पोखरेलले भनेका छन्, पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ ।
हामी २०७५ जेठ २ गते जाने कुरा गरिरहेका छौं । त्यहाँ बेलाको विद्यामान विधान र नियमावलीले के भन्छ ? त्यसले अनुमति दिने स्वीकार गर्ने, त्यसमा व्यवस्था भएको कुरालाई सबैले पालना गर्नुपर्छ ।
तर दोस्रो अध्यक्षको प्रस्ताव ओलीले नै प्रस्ताव गर्दा नेपालले भने विधान संशोधन गरेमा मात्रै अर्को अध्यक्षको व्यवस्था हुने तर त्यसमा आफू नजाने बताइसकेका छन् । तर महासचिव पोखरेलले भने नेपालकै तर्फबाट दोस्रो अध्यक्षको प्रस्ताव आएकाले स्वीकार्न नसकिने बताएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार