वारपार गर्न समस्या भएका स्थानमा पुल निमार्ण
नेपालबहस संवाददाता
साउन २६, २०७८ मंगलबार १४:५०:३८
२६ साउन, वाग्मती । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७७/७८ मा बारा, पर्सा र मकवानपुर जिल्लामा आठ पक्की पुल निर्माण गरेको छ ।
ती जिल्लाको सवारी वारपार गर्न समस्या भएका स्थानमा पुल निमार्ण गरेर सञ्चालनमा ल्याएको कार्यालय प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए । साथै सङ्घीय सरकारअन्तर्गत रहेको उक्त कार्यालयले गत आवमा नै ३२.३६ किलोमिटर सडक कालोपत्र गरेको छ ।
त्यस्तै १९.१० किमी सडक ग्राभेलसमेत गरेको छ । साथै ती जिल्लामा कूल ३७.३५ किमी सडक मर्मत गरेको छ । राजमार्ग स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत २०.६५ किलोमिटर र रणनीतिक सडक मर्मतसम्भार सडक बोर्डअन्तर्गत १६.७० किलोमिटर सडक मर्मत गरिएको कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायले जानकारी दिए ।
कार्यालयको गत आव २०७७/७८ मा संशोधित बजेट रु एक अर्ब ७० करोड रहेकामा रु एक अर्ब १६ करोड उपरोक्त पूर्वाधार विकास निर्माणमा खर्च भएको उनले बताए ।
यसैबीच हेटाैँडा उपमहानगरपालिका–६ स्थित शान्तिटोलमा रु १७ लाख लागतमा शान्तिटोल विकास संस्थाका लागि भवन निर्माण गरिएको छ । उपमहानगरपालिको रु सात लाख र विभिन्न सङ्घसंस्था र व्यक्तिका सहयोगमा सो भवन निर्माण भएको संस्थाका अध्यक्ष केशव धितालले जानकारी दिए । भवनमा चार कोठा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार