इसेवाको ‘शिक्षित युवा, संवृद्ध भविष्य योजना’, ५ सय बढि विद्यार्थीले छात्रवृति पाउने
नेपालबहस संवाददाता
साउन २८, २०७८ बिहिबार २२:५५:४१
२८ साउन, काठमाडाैं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एसईई उतिर्ण भएका विद्यार्थीहरूलाई मध्यनजर गर्दै ‘शिक्षत युवा,संवृद्ध भविष्य’ योजना सार्बजनिक गरेको छ । यस योजनामा ५ सय भन्दा बढि विद्यार्थीहरूले उच्च शिक्षाका लागि छात्रवृति प्राप्त गर्नेछन् ।
यो योजना आगामी भाद्र १५ गतेसम्म सञ्चालन हुनेछ । छात्रवृति विद्यार्थीले छानेका कलेज अनुसार भर्ना शुल्क तथा माशिक शुल्कमा प्राप्त गर्न सकिनेछ । विद्यार्थीहरूले जेभियर ईन्टरनेशनल, प्रिमियर कलेज, विद्या शंकर, ट्रिटन कलेज र टेक्सास ईन्टरनेशनल कलेज, बिराटनगरका बाल कल्याण विद्या मन्दिर र लर्ड बुद्ध सेकेण्डरी स्कुलमा छात्रवृति प्राप्त गर्नेछन् । इसेवा मार्फत आवेदन दिनेले मात्र छात्रवृतिको अवसर प्राप्त गर्नेछन् ।
छात्रवृतिका लागि विद्यार्थीहरूले इसेवा मोबाईल एप तथा वेभ मार्फत इसेवा स्कोलरसिप अप्सनमा गइ आवेदन दिन सक्नेछन् । छात्रवृतिका लागि विद्यार्थीहरूले ३० भुक्तानी गर्नुपर्नेछ । यो रकम यो योजना सकिएपछि विद्यार्थीको इसेवा आइडी रहेको नम्बरमा टपअप हुनेछ । छात्रवृतिमा समावेश भएका विद्यार्थीले छात्रवृति दाबी गर्नका लागि आफ्नो एसइई पास भएको कागजात पेश गर्नुपर्नेछ ।
मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख ३० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रूपैयाँ क्यासब्याक
पुष २५, २०८० बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार