एमाले विभाजनको संघारमाः किन पुगे पाण्डे र आचार्य दिल्ली ?
नेपालबहस संवाददाता
साउन ३०, २०७८ आइतबार १:१५:३८
३० साउन, काठमाडौं । एमाले विभाजनको अन्तिम चरणमा पुगेका बेला वरिष्ठ नेता माधव नेपालले आफूहरु केपी ओलीसँग नझुक्ने बताउँदै पार्टी विभाजन उन्मुख भएको संकेत गरेका छन् ।
शनिवार दिउँसो बाग्मती प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीको व्यवहारमा कुनै पनि परिवर्तन नआएकाले लुरुक्क परेर जान नसकिने बताएका थिए । ‘उहाँको व्यवहारमा सुधार भएको कुनै लक्षण देख्नु भएको छ ? लोकतान्त्रिक बन्न खोज्नुभएको छ ? उहाँले भनेको छ, माधव नेपालजस्तालाई यो पार्टीमा ठाउँ छैन,’ नेता नेपालले भनेका थिए । उनले ओलीको अत्याचार सहन नसकिने उल्लेख गर्दै समर्पण गर्न नसकिने जिकिर पनि गरेका थिए ।
नेपालले शनिवार दिउँसो ओलीसँग मिल्न नसकिने बताइरहेका बेला नेपाल समूहका दुई नेता लुसुक्क नयाँ दिल्ली पुगेका छन् । पार्टीका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिने बहानामा उनीहरु दिल्ली गएका हुन् । एमाले नेताहरु सुरेन्द्र पाण्डे र भीम आचार्य दिल्ली पुगेपछि नेपाल समूह पूरै सशंकित बनेको छ ।
अहिले माधव नेपाल समूहमा रहेका तर आठौं महाधिवेशनमा झलनाथ खनाल समुहमा रहेका नेताहरु पार्टी विभाजनको पक्षमा नरहेको र नेता खनाललाई पनि कन्भिन्स गर्नुपर्ने अवस्था आएपछि उनीहरु दिल्ली गएको स्रोतको दावी छ । एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल दिल्लीको एपोलो अस्पतालमा उपचाररत छन् ।
मृगौला प्रत्यायोजन गरेपछि दिल्लीको अस्पतालमा रहेका वरिष्ठ नेता खनाललाई भेट्ने निहुँ बनाएर उनीहरु दिल्ली पुगेका हुन् । दुवै नेताहरु पार्टी विभाजन गर्नु हुन्न भन्ने पक्षमा रहेका छन् । खनाल स्वंय भने ओलीसँग मिल्न नसक्ने भन्दै नयाँ पार्टी बनाउने पक्षमा रहेका छन् । तर खनाल निकट रहेका नेताहरु पाण्डे र आचार्यका अतिरिक्त गोकर्ण विष्ट, ठाकुर गैरे लगायतका धेरै नेताहरु भने पार्टी विभाजन गर्न नहुने पक्षमा उभिएपछि नेपालको शक्ति कमजोर बन्ने संभावना छ ।
पार्टी विभाजन हुने अवस्था आए नेपाल पक्षमा रहेका ८७ जना केन्द्रीय सदस्य मध्ये २० देखि २५ जनाले साथ नदिने संभावना रहेको छ । अहिले प्रभावशाली भनिएका युवा पुस्ताका नेताहरुले नेपाललाई साथ दिने संभावना कम रहेको छ । उनीहरुले नेपालसँग सल्लाह नगरी दिल्ली गएको स्रोतको दावी छ ।
उनीहरु दिल्ली गएको थाहा पाएपछि नेपालले बामदेव कमरेड जस्तो अपमानित भएर, भाग्नुपर्ने अवस्था पर्यो भने घर न घाटको हुने ? न रुन सकिने न हाँस्न सकिने अवस्था हुन्छ । त्यो अवस्थामा कोही पनि नपरोस् भनेर समयमा नै विचार पुर्याउने अन्तिम समय पनि आइरहेका बताएका थिए । नेपालले नयाँ दल खोल्ने तयारी गरेका बेला उनीहरु दिल्ली गएपछि नेपाल चिढिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार