रोल्पाका अधिकांश सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई सास्ती
नेपालबहस संवाददाता
भदौ ३, २०७८ बिहिबार १८:३०:५६
◊उमा केसी
३ भदौ, रोल्पा । वर्षात्सँगै जिल्लाका अधिकांश सडक अवरुद्ध हुँदा स्थानीयवासीले आवतजावतमा सास्ती भोग्दै आएका छन् । पूर्वी क्षेत्रको महत्वपूर्ण बजार केन्द्र सुलिचौरबाट वडाचौर, हार्जङ, गुम्चाल, सिउरी हुँदै गाम जोड्ने मोटरबाटो बन्द भएको लामो समय भइसकेको छ ।
ती स्थानबाट जिल्ला सुलिचौरसम्म आउँदा दुई दिनसम्म पैदल हिँड्नु परेको स्थानीयवासीको गुनासो छ । बिरामी बोकेर सुलिचौरसम्म आउँदा दुई दिन लाग्ने गर्दछ । सुनछहरी गाउँपालिका–४ स्युरीका हर्क घर्तीमगरका अनुसार सडक अवरुद्ध हुँदा बिरामी, ज्येष्ठ नागरिक, महिला र बालबालिकाले थप सास्ती भोग्नु परेको छ । बाटो मर्मत गर्न स्थानीय सरकारको अझैसम्म ध्यान नगएको उनीहरुको गुनासो छ ।
यसैगरी जिल्लाको पश्चिम र उत्तर भेगमा जनताले पनि यस्तै सास्ती भोग्ने गरेका छन् । शहीदमार्ग र रामपुर कपुरकोट सडकखण्डमा वर्षात्सँगै सडक हिलाम्ये हुने समस्या रहेको छ । शहीदमार्गको ट्याक खोलेको एक दशक पूरा भए पनि सडक सुधार हुन नसक्दा यात्रुले हिलो र धुलोको समस्या भोग्दै आएका छन् ।
यस्तो सडकमा आफूहरु सधैँ अत्यधिक जोखिम मोलेर गाडी चलाउन बाध्य रहेको जीप चालक तिलक बुढामगरको भनाइ छ । उनले भने “सडक कालोपत्र हुने हल्ला सुनेको वर्षांै भयो खै के ले रोकेको छ ।” सडकको यस्तो अवस्थाले कतिखेर के हुने हो भन्न नसकिने अवस्था छ । वर्षात्का समयमा हिलो र खाल्डाखुल्डीले सताउँछ भने हिउँदका समयमा धुलो उड्दा स्वास्थ्यमा प्रतिकूल असर गरिहेको चालक लीला घर्तीमगरको भनाइ छ ।
शहीदमार्ग सडक तथा रामपुर कपुरकोट सडक खण्डमा दिनहुँ सयौंको सङ्ख्यामा दुई पाङ्ग्रे तथा चार पाङुग्रे सवारीसाधन लामो तथा छोटो दूरीमा चल्ने गर्छ । शहीदमार्ग दाङबाट सुरु भई रोल्पाको होलेरी हुँदै थवाङसम्म १३८ किलोमिटर लामो छ । दाङको घोराही उपमहानगरपालिका हुँदै रोल्पाको रुन्टीगढी, त्रिवेणी, माडी, परिवर्तन र थवाङ गाउँपालिका तथा रोल्पा नगरपालिका, हुँदै रुकुम पूर्वको भूमे गाउँपालिकासम्म फैलिएको छ ।
सो सडकमा वर्षाको समयमा दाङबाट पश्चिम रोल्पाको व्यापारिक केन्द्र घर्तीगाउँसम्म यातायातका साधन चले पनि यस अगाडि भने बाटो अवरुद्ध हुनेगर्दछ । शहीदमार्गसँग जोडिएका सहायक मार्ग अवरुद्ध हँुदा स्थानीयवासीले पैदलयात्रा गर्न बाध्य भएका छन ।
घर्तीगाउँबाट ४८ किमी दुरीमा रहेको रोल्पाको थवाङ सडक खण्ड वर्षातका समयमा बन्द हुँदा स्थानीयवासी घण्टौं लगाएर पैदलयात्रा गर्न विवश छन् ।
शहीदमार्ग सडक जिल्ला सदरमुकाममा लिवाङमा रहेको शहीदमार्ग सडक आयोजनाले हेर्ने गर्दछ । रोल्पा जिल्लाको पूर्व–पश्चिम जोड्ने रामपुर कपुरकोट सडक खण्डमा पनि समस्या आउने गरेको बताइन्छ । सडक पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख दीपक डाँगीका अनुसार सडकमाथिबाट झर्ने ढुङ्गा माटो र सडक मुनिबाट जाने पहिरोले सडकलाई प्रभावित गर्ने गर्दछ ।
रामपुर कपुरकोट सडक खण्ड प्यूठान जिल्लाबाट सुरु भएर रोल्पा जिल्लाका सुनिलस्मृति गाउँपालिका, रोल्पा नगरपालिका, माडी गाउँपालिका र गङ्गादेव गाउँपालिका हुँदै सल्यान जिल्लासम्म पुगेको छ । उक्त सडक सुनिलस्मृति गाउँपालिकाभित्र पूरै र रोल्पा नगरपालिकाको केही भाग कालोपत्र भइसकेको छ । माडी गाउँपालिका र गङ्गादेव गाउँपालिकामा कालोपत्रको काम अहिलेसम्म अघि बढेको छैन । यो सडक प्यूठानमा रहेको सडक पूर्वाधार विकास कार्यालयले हेर्ने गर्दछ ।
बर्सेनि सडक स्तरोन्नतिको नाममा सरकारले करोडौं खर्च गर्ने भए पनि समस्या बारम्बार दोहोरिने गरेको छ । बजेट आएको सुन्दा साच्चै नै अब त सडक सुधार हुने भो भन्ने लाग्छ, बजेट सकिँदा सडक उस्ताको उस्तै देखिन्छ परिवर्तन गाउँपालिका– ६ का सूर्यप्रकाश बुढाले बताए ।
चुनावका समयमा विकासको लहर ल्याउछौ भन्ने नेताले सडक सुधारमा ध्यान नदिएको स्थानीयहरुको गुनासो छ । स्थानीय सरकारको विकासको प्राथमिकतामा सडक देखिए पनि अव्यवस्थीत सडक खन्ने कामले विकास झन अस्त व्यस्त भएको नागरिकहरुको गुनासो छ । स्थानीय सरकारको वजेटबाट खनिने सडक अध्ययन विनै खनिने भएकाले वर्षातका सयममा ती सडकले नागरिकहलाई सास्ती दिने गरेको रोल्पा ४ का खट्कवहादुर बताए । उनले भने “वातावरण प्रभाव मूल्यांकन नगरि खनिएका सडक नै मुख्य समस्याका रुपमा देखिएका छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार