काठमाडौंमा डुबानमा परेकाहरूको सशस्त्र प्रहरीद्वारा उद्वार
नेपालबहस संवाददाता
भदौ २१, २०७८ मंगलबार १:३५:१३
२१ भदौ, काठमाडौं । अविरल वर्षाका कारण भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका-४ इन्जिनियरिङ कलेज नजिक मनहरा खोलाको पानी सुकुम्बासी बस्तीमा पसेर डुबानमा परेका ७० घरपरिवारको सशस्त्र प्रहरीले सकशुल उद्वार गरेको छ ।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण भक्तपुरबाट खटिएको सशस्त्र प्रहरीको टोली उनीहरूको उद्धार कार्यमा जुटेको थियो ।
यसैगरी काठमाडौं महानगरपालिका-८ गौरीघाटस्थित सुकुम्बासी बस्तीमा बाग्मती नदीको बहाव बढेर डुबानमा परेका १०० घरपरिवारको पनि सशस्त्र प्रहरीले उद्वार गरेको छ । घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण उपत्यकाबाट खटिएको सशस्त्र प्रहरी उनीहरूको उद्धार कार्यमा जुटेको थियो ।
यता, काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित सुकुम्बासी बस्तीमा बाग्मती नदीमा पानीको बहाव बढेर बस्तीमा पसेपछि डुबानमा परेकाहरूको पनि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण काठमाडौंबाट खटिएको सशस्त्र प्रहरी टोलीले सकुशल उद्वार गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-१३ कालीमाटीस्थित बाग्मती र विष्णुमती नदीको दोभानमा रहेको सुकुम्बासी बस्तीमा पानी पसेर डुबानमा परेका घरपरिवारको पनि सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गण काठमाडौंबाट खटिएको सशस्त्र प्रहरीले उद्धार गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित बाग्मती नदीमा पानीको बहाव बढेर सुकुम्बासी बस्तीमा पस्दा डुबानमा परेका ६० घरपरिवारको सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गण काठमाडौंबाट खटिएको सशस्त्र प्रहरीले उद्धार गरेको छ भने सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण उपत्यकाबाट खटिएको सशस्त्र प्रहरी टोलीले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका-७ हरहरमहादेवस्थित सुकुम्बासी बस्तीमा पानी पसेर डुबानमा परेका घरपरिवारका सामान तथा चौपाया सुरक्षित स्थानमा सारेको सशस्त्र पर्हरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार