मनास्लु आरोहणका लागि १०८ ले लिए अनुमति, बेसक्याम्प पुगे आरोही
नेपालबहस संवाददाता
भदौ २२, २०७८ मंगलबार १५:५६:२४
२२ भदौ, पोखरा । क्षणभरमै मौसम फेरिन्छ । बादल ढपक्कै ढाक्छ । हिउँपहिरो झर्न थालिहाल्छ । सहजै हिमाल चढेकाहरू पनि झर्ने बेलासम्म के हुन्छ भनेर आत्तिन्छन् । त्यो हो मनास्लु हिमाल । जसलाई ‘किलर माउण्टेन’पनि भनिन्छ ।
यो हिमालमा मनाङतर्फबाट अहिलेसम्म सफल आरोहण भएको छैन । गोरखाबाट हुने आरोहण पनि उत्तिकै जोखिमयुक्त छ । तथापि वर्षेनि हिमाल चढ्नेको भीडभाड हुन्छ, मनास्लुमा ।
एक सय आठ आरोहीले लिए अनुमति
पर्यटन विभागका अनुसार मनास्लु चढ्न सेप्टेम्बरसम्म एक सय आठ आरोहीले अनुमति लिएका छन् । यी आरोहीको १० समूह छ । जसमा ८० पुरुष र १८ महिला छन् । अनुमति लिएकामध्ये अधिकांश विदेशी रहेका छन् । अक्टुबर र अप्रिल आरोहण सिजन हो ।
केही आरोही सामागाउँ पुगिसकेका छन् भने केही उकालो चढिरहेका छन् । धेरैजसो शेर्पा पूर्वतयारीका लागि बेसक्याम्प पुगेका सामागाउँ होटल व्यवस्थापन समितिका अध्यक्ष मिङमा लामाले बताए ।
शेर्पा, गाइड, कुक, भरिया लगायतका सहयोगी खच्चडमा सामान बोकर ट्रेकिङ मार्फत सामागाउँ पुगेका छन् भने अधिकांश आरोही हेलिकोप्टरमार्फत् त्यहाँ पुगेका हुन् । केही आरोही भने हिँडेरै गएका छन् ।
८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल संसारको आठौँ अग्लो हो । मनास्लु बेसक्याम्प सामागाउँबाट दुई घण्टा हिँडेपछि पुगिन्छ । आरोहीको आगमनले स्थानीयमा उत्साह भरिएको मनास्लु संरक्षण क्षेत्र आयोजना ‘एमक्याप’ का कार्यक्रम संयोजक अजित तुम्बाहाम्फेले बताए ।
‘तीन दिनमै ७० जना प्रवेश गरिसकेका छन् । हिमाल चढ्ने र पदयात्री छुट्याइएको छैन,’ उनले भने । उनका अनुसार दुई सय हाराहारी आरोहीले आरोहण गर्ने अनुमान छ । विगतमा पनि वर्षेनि २ देखि ३ सयले मनास्लु आरोहण गर्दथे ।
अघिल्लो वर्ष बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल-खलिफाले सफल आरोहण गरेपछि मनास्लुप्रति आरोहीको आकर्षण झनै बढेको छ । कोभिडकै बीच जोखिम मोलेर आरोही बेसक्याम्पतिर उक्लिएका छन् ।
अक्टुबर सिजनका लागि आरोहण अनुमति लिनेबाट १ करोड ४ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन गरिएको विभागले जनाएको छ । गत वर्ष ३ सय जनाले आरोहण अनुमति लिएका थिए ।
कोभिडकै बीच चहलपहल बढेपछि व्यवसायी हर्षित
मनास्लु बेस क्याम्प नजिक एक सय आठ वटा होटल सञ्चालनमा छन् । अहिले होटल पाहुनले भरिन थालेका छन् । सामागाउँ होटल व्यवस्थापन समितिका अध्यक्ष लामाले भने, ‘भरिया र गाइडदेखि शेर्पा खचाखच छन् सामागाउँमा । धेरैपछि पर्यटक देख्न पाइयो । धेरै समयपछि होटलम चहलपहल बढेको छ ।’
सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलो पटक मनास्लुको सफल आरोहण गरेपछि आरोहण खुला भएको हो । पछिल्लो समय चिनियाँ र युरोपेली आरोही मनास्लु आरोहणमा बढी जान्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु
मंसिर १७, २०८१ सोमबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार