गैंडालाई हेलिकोप्टरबाट उद्दार गरिएको तस्विरले पायो आइजी नोवेल !
नेपालबहस संवाददाता
भदौ २५, २०७८ शुक्रबार २०:४:१०
२५ भदौ, लन्डन । के तपाइँले बेहोस पारिएका जनाबरलाई डोरीमा खुट्टा बाँधेर हेलिकप्टरमा एक स्थानबाट अर्को स्थानमा लग्दै गरेको देख्नु भएको छ ? अवस्य पनि विभिन्न भिडियोमा यस्ता उद्दारका दृश्य देख्नु भएको होला ।
हेर्दा निकै साहसी र रमाइला लाग्ने यस्ता उद्दारले जोखिममा परेका धेरै जनाबरको ज्यान जोगिएको छ । नामिवियामा यसैगरी एक स्थानबाट अर्को स्थानमा गैडाको उद्दार गर्ने समूहले यस वर्षको आइजी नोवेल पुरस्कार प्राप्त गरको छ । आइजी नोवेल विभिन्न क्षेत्रमा एतिहासिक उपलब्धी गरे वापत दिइने प्रसिद्ध नोवेल पुरस्कार भने होइन् ।
सानो तर अनौठो र हाँसो लाग्दो विषयमा भएका उपलब्धीलाई आधार मानेर बर्सेनि यो पुरस्कार वितरण गरिन्छ । यस्तै, रमाइलो उपलब्धी नामिवियाका बन्यजन्तु विज्ञले गरेका थिए ।
नामिवियामा कर्नेल युनिर्भसिटिका बन्यजन्तुसम्बन्धी विज्ञले १२ ओटा गैंडालाई हेलिकप्टरमार्फत एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गरेका थिए । गैडालाई डोरीमा झुण्डाएर १० मिनेटसम्म हेलिकप्टरमा उडाइएको थियो । बेहोस पारिएका गैंडालाई उत्तानो पारेर चार खुट्टा बाँधेर उडाइएको थियो । घोप्टो पार्दा मुखबाट रगत बग्ने आशंकामा उत्तानो पारेर बाँधिएको थियो ।
नोबेल पुरस्कार विभिन्न सात विधामा दिइए जस्तै यो पुरस्कार १० क्षेत्रमा प्रदान गरिन्छ । पुरस्किृत हुने अन्य समूहमा चपाएर सडकमा फालिएको चुईङगमको व्याक्टेरियाको अध्ययन गर्नेदेखि समुद्रमा चल्ने युद्धपोत जहाजमा साङ्ला नियन्त्रण गर्ने समूह छन् । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार