बाघ नियन्त्रणमा लिन लागि निकुञ्जद्वारा पहल सुरु
नेपालबहस संवाददाता
भदौ २९, २०७८ बुधबार १:३०:१२
२९ भदौ, नेपालगंज । बाँकेको राप्ती सोनारी गाउँपालिका-१ गाभरमा पाटेबाघको आक्रमणमा परी एक जनाको ज्यान गएपछि बाँके राष्ट्रिय निकुञ्जले सो बाघ नियन्त्रणमा लिनका लागि तयारी अघि बढाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले घटनास्थल तथा आसपासको क्षेत्रमा उच्चसर्तकता अपनाउँदै निकुञ्जबाट निरन्तर अनुगमन गर्नुका साथै बाघ नियन्त्रणमा लिनका लागि आवश्यक तयारी अघि बढाएको जानकारी दिए । मंगलबार पनि बाघ घटनास्थलभन्दा करिव एक किलोमिटर पूर्व राजमार्ग पार गरेर जंगलतर्फ लागेको एक जना मोटरसाइकल चालकलाई उद्धृत गर्दै उनले जानकारी दिए ।
उनले भने, ‘प्रभावित क्षेत्रमा दुईवटा हात्तीले गस्ती गर्नुका साथै घटनास्थल र आसपासको स्थानको पहिचान गरी क्यामेरा ट्यापिङका लागि क्यामेरासमेत जडान गरिएको छ । अब चाँडै नै परिणाम आउनेमा हामी विश्वस्त छौँ ।’
गाभरको भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका पुरुष आइतबार बेलुकीदेखि एक्कासि हराएपछि उनको खोजी गर्दा सोमबार बिहान आधा शरीर पाटेबाघले खाएको अवस्थामा शव भेटिएको थियो । घटनापछि बाँके राष्ट्रिय निकुञ्जले बाघ नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्ज, चितवन निकुञ्जबाट प्राविधिक टोली बोलाएर परिचालन गरी सकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले जानकारी दिए ।
यसैबीच सो घटनापछि स्थानीय प्रशासानले निकुञ्ज क्षेत्रमा रातको समयमा साना सवारी संचालन गर्न र पैदल यात्रा गर्न रोक लगाएको छ । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको चहलपहल बढेपछि निकुञ्ज क्षेत्रमा रातको समयमा पैदल यात्री, साइकल र मोटरसाइकलमा यात्रा गर्न बाँके प्रशासनले रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको आदेशमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत निकुञ्जको कोहलपुर-शिवखोला सडकखण्डमा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको उल्लेख गरिएको छ । बाँके प्रशासनले अन्य समयमा पनि निकुञ्ज क्षेत्रमा यात्रा गर्दा सचेत रहन भनेको छ ।
यसैगरी पूर्व(पश्चिम राजमार्गमा करिव ७० किलोमिटर लामो निकुञ्जको जंगल रहेकाले बाघले राजमार्गमा हिँड्ने साना सवारीसाधनलाई विशेष चनाखो भई हिँड्न र अगाडि ठूला सवारी साधन, पछाडि पनि ठूला सवारी साधनको बीचबाट मात्र हिँड्न मिल्ने गरी व्यवस्था मिलाएको बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
बाघले बस्तीमा पस्न सक्ने र आक्रमण गर्ने जोखिम रहेकाले आमनागरिकको सुरक्षाका लागि निकुञ्जमा तैनाथ अर्जुन बाण गणका सुरक्षाकर्मी, नेपाल प्रहरी र हात्तीसहितको प्राविधिक टोलीबाट नियमित रूपमा पाटेबाघको निगरानी गरिँदै आएको निकुञ्जले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार