भुटानी शरणार्थीको रासन कटैती हुँदा अवैध बाटोमा लाग्न बाध्य
नेपालबहस संवाददाता
भदौ ३१, २०७८ बिहिबार १२:१:३८
३१ भदौ, झापा । भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति ‘बीआरआरआरसी’ले शरणार्थीले लामो समयदेखि पाउँदै गरेको रासन कटौती हुँदा अवैध बाटोमा लाग्न बाध्य भएको जनाएको छ । रासन कटौती भए पनि नेपाल सरकारले चासो नदिँदा वैधानिक आयआर्जनको बाटो नभएका भुटानी शरणार्थी अवैधानिक बाटो रोज्न बाध्य हुने अवस्था आएको जनाएको हो ।
समितिका अध्यक्ष डा। भम्पा राईले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै यसतर्फ सोचिदिन नेपाल सरकारसँग आग्रह गरेका छन् । ‘सबै राहत कटौती भएको छ । तर, यसबारेमा नेपाल सरकारले कुनै कदम चालेको छैन । सम्पूर्ण आधारभूत आवश्यकता आफैँ पूरा गर्नुपर्ने अवस्था छ’, राईले प्रधानमन्त्री देउवालाई लेखेको पत्रमा भनेका छन्, ‘तर, यसका लागि वैधानिक कुनै आर्थिक आयआर्जनको बाटो छैन । यसले शरणार्थीलाई अवैधानिक बाटोमा लाग्न बाध्य तुल्याएको छ ।’
उनले भुटानी शरणार्थी शिविर आर्थिक चलखेल र दुई नम्बरी कामको अखडा भन्न सक्ने संभावना बढेको भन्दै यसलाई समयमा नियन्त्रण नगरे वास्तविक शरणार्थी अन्यायमा पर्ने उल्लेख गरेका छन् । नयाँ शरणार्थीको पञ्जीकरण प्रक्रिया नैतिक रूपमा अघि नबढ्दा व्यापक अनियमिताता भइरहेको दाबी समितिको छ । यस्तै, यसबारे सरकारसँग स्पष्ट धारणा मागसमेत गरेको छ । पुनर्वासका कारण पारिवारिक फुटले भौतिक र सामाजिक सुरक्षामाथि चुनौती थपिएको निष्कर्ष समितिको छ ।
समितिले स्वदेश फर्कन चाहने भुटानी शरणार्थीलाई स्वदेश फर्कने वातावरण बनाइदिन पनि सरकारसँग आग्रह गरेको छ । विगतमा भुटानसँग नेपालले पटक पटक वार्ता गरेको र असफल भएका कारण बहुपक्षीय वार्ता गर्न समितिले सुझाएको छ । नेपाल(भुटान मात्र होइन, भारत र शरणार्थीसम्बन्धी काम गर्ने संस्थासँगै भुटानी शरणार्थी प्रतिनिधिसहित बहुपक्षीय वार्ता गर्न सरकारलाई सुझाव दिएको हो ।
भुटानी शरणार्थी अगुवा डा। राईले भुटानी शरणार्थी समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नसमेत नेपाल सरकारसँग आग्रह गरेका छन् । उनले पुनर्वास हुने र नेपालमै बस्ने शरणार्थीका बारेमा पनि स्पष्ट धारण बनाउन आग्रह गरेका हुन् । समितिले भुटानी शरणार्थीले स्वदेश फिर्तीको माग राख्दा राख्दै जबर्जस्ती पुनर्वास लादिएको आरोप लगाएको छ, जसका कारण भुटानी शरणार्थी समस्यामा झन् जटिलता थपिएको समितिको निष्कर्ष छ ।
भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले विगत लामो समयदेखि नै सरकारलाई आफ्ना माग राख्दै आएको छ । समितिले नेपालमा नयाँ सरकार फरिनेबित्तिकै प्रधानमन्त्रीलाई पत्र लेख्दै भुटानी समस्या समाधानमा आग्रह गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार