व्यवसायीद्वारा यातायातलाई सहज बनाउने प्रतिबद्धता
नेपालबहस संवाददाता
असोज १, २०७८ शुक्रबार १९:४१:०
३१ भदौ, ताप्लेजुङ । ताप्लेजुङका यातायात व्यवसायीले यातायातलाई सहज र सर्वसुलभरुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । सिट क्षमताका आधारमा सहजरुपले टिकटको प्रबन्ध गरी सेवा प्रदान गर्न उनीहरु प्रतिबद्ध भएका हुन् ।
जिल्ला यातायात व्यवस्थापन समितिका पदाधिकारी र यातायात व्यवसायीबीचको संयुक्त बैठकका क्रममा भाडादरमा कालोबजारी हुन नदिने र सिट क्षमताअनुसार स्वास्थ्य सुरक्षा अपनाएर यात्रु राख्ने व्यवसायीले जनाएका छन् ।
नजिकिएको चाडबाड र पाथीभरा मन्दिरमा आउने तीर्थयात्रीले हुने भिडभाडका अवस्थामा समेत यातायातलाई सहज र सुलभ बनाउने बैठकको निर्णय गरेको छ ।
निर्धारित भाडादर कार्यान्वयन गर्ने, कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउने, यात्रुलाई ठगिनबाट जोगाउने जस्ता विषयमा यातायात व्यवसायी जिम्मेवार र जवाफदेही बन्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । उनका अनुसार भाडादरका बारेमा यात्रुलाई सुसचितसमेत गराइने छ ।
विषेश गरी पाथीभरा मन्दिरको दर्शन गर्ने याम र चाडबाड नजिकिएसँगै यहाँका यातायात क्षेत्रमा भिडभाड सुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
माओबादीले बोलायो पदाधिकारी बैठक
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ: मन्त्री पौडेल
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
विराटनगर किंग्स संग लुम्बिनी लायन्स २ विकेटले पराजित
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
मंसिर १९, २०८१ बुधबार