झापामा चाडपर्व लक्षित बजार अनुगमन तीव्र
नेपालबहस संवाददाता
असोज १, २०७८ शुक्रबार २०:२:४७
३१ भदौ, झापा । चाडपर्व नजिकएसँगै जिल्ला प्रशासन कार्यालय झापाले बजार अनुगमनलाई तीव्रता दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालको संयोजकत्वमा रहेको जिल्ला बजार अनुगमन समितिले दैनिक उपभोग्य वस्तुको व्यापारीले अनावश्यक मूल्य वृद्धि गर्ने र म्याद गुज्रिएका सामग्री बेचबिखन गरिरहेको अनुगमनका क्रममा पाइएको बताए ।
उनले जिल्लाका १५ वटै पालिकाका बजार क्षेत्रमा अनुगमन गरिरहेको जानकारी दिए । स्वास्थ्य, गुणस्तर तथा नापतौल, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि रहेको समितिले खाद्यवस्तुको म्याद, गुणस्तर, मूल्य र नापलाई अनुगमनका क्रममा हेरिने गरेको उनको भनाइ छ ।
अनुगमनमा धेरैजसो बिस्कुट, चाउचाउ, चिजवल, सुजी, पिठो, पापड, दाललगायतका सामग्रीको म्याद गुज्रिएको फेला पारेको उनले बताए । जफत गरिएका सामग्री प्रहरीमार्फत नगरपालिकालाई डिस्पोज गर्न लागि पठाइएको छ । मापदण्डअनुसार व्यवसाय नगर्नेलाई मौखिकरुपमा सचेत गराइएको सहायक प्रजिअ रिमालले जानकारी दिए ।स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले प्रभावकारी ढङ्गले काम गर्न नसकेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
माओबादीले बोलायो पदाधिकारी बैठक
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ: मन्त्री पौडेल
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
विराटनगर किंग्स संग लुम्बिनी लायन्स २ विकेटले पराजित
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
मंसिर १९, २०८१ बुधबार