पुनर्निर्माण हुन थालेसँगै दोभान बजार पूर्नस्थापित हुँदै
नेपालबहस संवाददाता
असोज ४, २०७८ सोमबार २३:७:४७
दिलकुमार लिम्बू
४ असोज, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार पछिको दोस्रो ठूलो दोभान बजार स्थापित हुदै गएको छ । सात महिनाअघि आगलागीले ध्वस्त बनेको संरचनाहरूको पुनर्निर्माण हुन थालेसँगै दोभान बजार पूर्नस्थापित हुदै गएको हो ।
मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र एक ऐतिहासिक स्थल पनि हो । तमोर नदी, मेवा र मैवा खोलाको संगमस्थल नदी तथा खोला किनारमा रहेको दोभान बजारमा गत १९ फागुनमा बिहान भीषण आगलागी भएको थियो ।
५० घर पूर्णरूपमा ध्वस्त भएका र ६३ परिवार विस्थापित हुनेगरी भएको आगलागीले खण्डहर बनेको दोभान बजारमा नयाँ संरचना बन्न थालेपछि बजारको स्वरुप अर्थात् मुहार फेरिँदै गएको छ । हालसम्ममा ७० प्रतिशत संरचनाहरू पुनर्निर्माण भएको मेरिङदेन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए ।
करिब डेढ दर्जनभन्दा बढी घर संरचनाहरू निर्माणको अन्तिम चरणमा पुगेका छन् भने धमाधम निर्माणको क्रम चलिरहेको छ । आठराई त्रिबेणी, मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकासहित तमोर पारिका चारवटा स्थानीय तहको मुख्य व्यापारिक केन्द्र भएकाले दोभान बजार पुनर्निर्माणमा तीव्रता दिइएको छ ।
साविकका २० भन्दाबढी गाविस समेटिएका हालको चारवटा स्थानीय तहका बासिन्दाको व्यापारिक केन्द्र भएका कारण पुनर्निर्माण चाँडो भएको बराइली बताउँछन् ।
ग्रामीण क्षेत्रमा उत्पादित अलैँची, अम्लिसो, अदुवा लगायत निकासी हुने सबै वस्तुहरू दोभान बजारमै केन्द्रित गरेर बाहिर निर्यात गर्ने गरिन्छ । यसरी जिल्लाको एक मुख्य व्यापारिक केन्द्रको रूपमा दोभान बजार रहेको छ ।
व्यापारिक केन्द्रका साथै अग्निपीडितले पुनर्स्थापित हुनुपर्ने भएकाले संरचना पुनर्निर्माण सम्पन्न गरिसक्नुपर्ने बाध्यता छ । आगलागीबाट ४० करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार