एमालेले गत १ भदौमा बोलाइएको यही अधिवेशनको पहिलो बैठकदेखि नै सदन अवरुद्ध गर्दै आएको छ । पछिल्लोपटक ३१ भदौमा बोलाइएको बैठकमा पनि एमालेले अवरोध गरेको थियो ।
त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले ७ असोजसम्मका लागि बैठक स्थगित गरेका थिए । एमालेले सांसद अजय शाही र विमला खत्री वलीलाई पदमुक्त नगरेसम्म बैठक बस्न नदिने बताएको छ ।