शिशु हेरचाह केन्द्रले फेरियो ‘आमा’हरूको दैनिकी
नेपालबहस संवाददाता
असोज १६, २०७८ शनिबार १३:४२:१५
प्रकाश पाक्साँवा
१५ असोज, तेह्रथुम । जिल्लाको म्याङलुङ नगरपालिका-८, आम्बुङकी २८ वर्षीया डम्बरकुमारी लिम्बूका तीन छोरा र एक छोरी गरी चार जना सन्तान छन् । आठ वर्षकी छोरी कक्षा १ र सात वर्षे छोरा एलकेजीमा पढ्छन् ।
उनका जुम्ल्याहा दुई छोरा छन् । उनीहरू अहिले तीन वर्षका पुग्दै छन् । ठूला दुई नानी हुर्काउन डम्बरकुमारीलाई हम्मेहम्मे पर्यो । घरको काम र मेलापातमा कति दिन त नानीलाई पिठ्युँमा बोकेर काम गर्न जानुपर्थ्यो । उनीहरूलाई विद्यालय जाने बानी बसाउन झनै मुस्किल परेको थियो । तर, अहिले दुई जुम्ल्याहा छोराका बारेमा त्यति धेरै चिन्ता छैन उनलाई ।
घर नजिकै खुलेको शिशु हेरचाह केन्द्रमा डम्बरकुमारीले छोरालाई राख्न थालेको १५ महिना भयो । स्थानीय महिला आबद्ध शुम्भोलुङ महिला समूहले खोलेको केन्द्रमा बिहान १० देखि साँझ ५ बजेसम्म छ महिनादेखि विद्यालय उमेरपूर्वका बालबालिकाको हेरचाह गर्ने व्यवस्था मिलाइएको छ । अहिले उनका छोराहरू आफैँ केन्द्रमा जान थालेका छन् ।
हेरचाह केन्द्रमा गएर बस्ने, खेल्ने र आफू जस्तै अरू साथीसँग रमाउने उनीहरूलाई बानी परिसकेको छ । घरमा दुई(चार जना मान्छे आउँदा पनि हेरचाह केन्द्रमा रहेका शिशुहरू बोल्न डराउँदैनन् । आमाको काखबिनै पनि उनीहरूलाई घुलमिल गर्ने, खेल्ने, रमाउने, खाने बानी परिसकेको छ ।
त्यस्तै, सन्जु राईकी तीन वर्षकी छोरी पनि केन्द्रमा आफैँ जाने गरेकी छन् । छोरी केन्द्रमा गएपछि ढुक्कले घरायसी काम गर्दै आएकी छन् सन्जु । केन्द्र स्थापनाले शिशुलाई राम्रो मात्र होइन, परिवारलाई नै सजिलोसमेत बनाएको उनको भनाइ छ ।
शिशुहरूको स्याहार सुसार गर्ने समय आमाहरूले अर्थोपार्जनका क्रियाकलापमा खर्चिएका छन् । आफूले उत्पादन गरेको वस्तुलाई बजारसम्म पुर्याउने अवस्था थिएन यहाँका महिलाहरूलाई । गाउँमै समूह स्थापना भएपछि यहाँका महिलाको अवस्थासमेत फेरिएको छ ।
करेसाबारीमा उत्पादन भएका तरकारी तथा फलफूल बिक्री गर्ने बानीको विकास मात्र भएको छैन, विभिन्न व्यावसाय गरी राम्रो आम्दानी लिनसमेत सफल भएका छन् । खाली जमिनहरूमा अदुवा, अकबरे, साग, मूलालगायत विभिन्न तरकारी उत्पादन गरी आम्दानी लिँदै आएका छन् ।
शिशुलाई केन्द्रमा राखेर बचेको समयमा आयआर्जनको काममा व्यस्त हुन्छन् यहाँका महिलाहरू । करेसामा उत्पादन भएको तरकारी बिक्रीबाट १० रुपैयाँ पनि आम्दानी नै हो भन्ने सोचको विकास भएको समूहकी सदस्य कोमलकुमारी लिम्बूले बताइन् । आफ्नै बारीमा उत्पादन भएको तरकारी बिक्रीले परिवार धान्नसमेत टेवा दिँदै आएको छ उनीहरूलाई ।
तरकारी बिक्रीबाट मात्र यहाँका माहिलाहरूले मासिक १५ देखि २० हजार रुपैयाँ आम्दानी लिन थालेका छन् । गाउँमा रहेको समूहले शिशु हेरचाह केन्द्र संचालन गरेको हो । केन्द्रमा गाउँका १० जनासम्म बच्चा ल्याउने गरिएको छ । समूहले नै बच्चाको रेखदेखका लागि हेरालु राखेको छ । एक जना हेरालुबाटै केन्द्रमा आउने आठदेखि १० जना बच्चाको रेखदेख, खुवाइपिलाइ र सरसफाइ हुन्छ ।
समूहको आफ्नै भवन छ । बच्चालाई आवश्यक कपडा, खेलौना, खाना बनाउने सामग्री आदि व्यवस्थापन गरिएको छ । केन्द्र खुलेपछि गाउँका महिलाको व्यक्तित्व विकास र आयआर्जन दुवैतर्फ सहयोग पुगेको समूहकी अध्यक्ष योगिता लिम्बूले बताइन् । २०६९ सालमा गठन भएको समूहमा गाउँका ३६ जना महिला सदस्य छन् ।
समूहले २०७१ सालदेखि सामुदायिक शिशु हेरचाह केन्द्र संचालनमा ल्याएको हो । केन्द्र संचालनका लागि समूहले स्थापना गरेको अक्षयकोषमा अहिले पाँच लाख १५ हजार रुपैयाँ जम्मा भएको छ । समूहका सदस्यहरूले मासिक १० रुपैयाँ बचत गर्दै आएका छन् भने हेरचाह केन्द्रमा शिशु राख्ने सदस्यले मासिक १०० रुपैयाँका दरले सो कोषमा जम्मा गरिरहेका छन् ।
स्थानीय प्रेमबहादुर सम्बाहाम्फेले निःशुल्क पाँच आना जग्गा दिएपछि समूहका महिला आफैँले तीन लाख रुपैयाँ लागतमा एक तले भवन बनाएका हुन् । अध्यक्ष लिम्बूका अनुसार लिम्बू समुदायको बाहुल्य रहेको गाउँका महिलाले बच्चालाई केन्द्रमा राखेर आयआर्जनका गतिविधि गरेका छन् । कतिपयले बाख्रा, बङ्गुर र पशुपालन गरेका छन् भने कतिपयले अदुवा, अकबरे र तरकारी खेती गरेका छन् ।
त्यसबाट आएको रकमले उनीहरूको व्यक्तिगत र पारिवारिक जीवनलाई सहज बनाएको अध्यक्ष लिम्बूको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार