मोरङका गणेश तामाङ : १७ वर्षमै १३६ केजी तौल !
नेपालबहस संवाददाता
असोज १७, २०७८ आइतबार १७:४४:२१
१७ असोज, मोरङ । सामान्यत १७ वर्षीय नेपाली किशोरको तौल कति हुन्छ ? तपाईहरूलाई लाग्न सक्छ, ४० केजी या ५० केजी वा त्योभन्दा बढी ? तपाईहरूलाई पत्याउन गाह्रो पर्ला– मोरङ मिक्लाजुङ—४ का गणेश तामाङको तौल एक सय ३६ केजी छ भनेर सुन्दा ।
धेरै तौल भएकै कारण तामाङलाई डेढ किलोमिटर टाढा रहेको विद्यालय पुग्न पनि डेढ घण्टा लाग्छ । औसत मानिस त्यति बाटो १० मिनेटमा छिचोल्छन् । यही कारण उनलाई स्कुल पढ्न छोडौँ–छोडौँ जस्तो लाग्छ । उनी मोरङको मिक्लाजुङढ्ग–४ सफेवा माध्यामिक विद्यालय कक्षा–१० मा पढ्छन् ।
विद्यालयका प्रधानाध्यापक कुलबहादुर तामाङका अनुसार गणेश कक्षा– १ मा पढ्दा नै ६० किलोका थिए । जन्मिएको ७ महिना मै गणेशको तौल ३० केजी भइसकेको थियो। गणेशको खानपान र दैनिकी सामान्य छ । घरको सानातिना काममा पनि उनी सघाउँछन् । तर, उनको शरीरले चाहेअनुसार काम गर्न दिँदैन । गणेश भन्छन्, ‘विद्यालय जान र आउन नै गाह्रो लाग्छ ।’
मोटो शरीर भएकाले उनको नाम नै गणेश राखिदिएको बाबु मानबहादुरले बताए । तर, गणेश नामबाट उनी अहिले सन्तुष्ट छैनन्। उनले भने, ‘धेरैले हात्ती भनेर जिस्क्याउँछन्।’ मोटो भएकोले उनलाई स्कुलका अधिकांश विद्यार्थीले नजिकबाट चिन्छन् । स्थानीय महेन्द्र थेगीम भन्छन्, ‘गणेश मोटो छ, हिँड्दा हल्लिँदै हिँड्छ । नयाँ मान्छेले देखे भने एकछिन उभिएर हेर्छन ।’
स्कुलमा कोही पाहुना आए भने उसँग सेल्फी खिच्ने गर्छन् । गणेशको पढाइ भने सामान्य रहेको विद्यालयका प्रधानाध्यापक तामाङले बताए । शिशु कक्षादेखि सोही विद्यालयमा पढ्दै आएका गणेशको तौल केही वर्षयता आश्चर्य ढंगले बढिरहेको छ।
मानबहादुरका दुई छोरा र दुई छोरी छन् । अरू सबैको तौल औसत मानिसको झैँ छ । गणेशको तौल नियन्त्रण गर्नका लागि उपचार गराउनसमेत आर्थिक अभाव रहेको उनकी दिदी सरस्वतीले बताइन् ।
‘भाइ धेरै पढेर शिक्षक बन्छु भन्छ। आर्थिक अभावले पढाउन र उपचार गर्न समस्या छ,’ सरस्वतीले भनिन्, ‘गाउँको पढाइ सकेर अन्यत्र गएर पढाउन भाइलाई मोटो शरीरले गाह्रो हुन्छ ।’
१७ वर्षको उमेरमै उनको तौल एक सय ३५ किलो पुगिसकेको छ । उनको तौल यही हिसाबले बढ्ने हो भने के होला रु तामाङ परिवारका लागि अहिले ठूलो चिन्ताको विषय बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
मंसिर १९, २०८१ बुधबार
त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
मंसिर १९, २०८१ बुधबार
चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन् : प्रधानमन्त्री
मंसिर १९, २०८१ बुधबार
नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्रीको आग्रह
मंसिर १९, २०८१ बुधबार
माओबादीले बोलायो पदाधिकारी बैठक
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार