३८ क्वीन्टल सुन तस्करी मुद्दामा आठजना दोषी ठहर
नेपालबहस संवाददाता
असोज १९, २०७८ मंगलबार २१:३१:३७
१९ असोज, विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको ३८ क्वीन्टल सुन तस्करीसम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङले आठ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश भरत लम्सालको इजलासले मंगलबार आठजना प्रतिवादीलाई दोषी ठहर गरेहको हो ।
उनीहरूलाई भिन्दाभिन्दै सँजाय तोकेको छ । प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका ‘गोरे’ भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । एक जनालाई तनि वर्ष र अर्का एकजनालाई ६ महिना कैद सँजायको फैसला गरेको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए ।
उनका अनुसार ‘गोरे’सहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको छ । यो फैसलासँगै उनिहरूले २० बर्ष जेल बस्नुपर्ने भएको छ ।
अपहरण तथा शरीर बन्धक मुद्दामा ‘गोरे’को कसुर कायम भएको छ । धमलाका अनुसार यसको सँजाय निर्धारणका लागि पुनः पेस गरिने छ । मुद्दाका प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदन घिमिरेलाई ६ महिना कैद सँजाय फैसला भएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीर जंग राणाले बताए । मुद्दामा दोषी ठहर भएकाहरू ‘गोरे’को समूहका सहयोगी र उनका सवारी चालकहरू हुन् ।
मुद्दाका ७७ जनालाई प्रतिवादी बनाइएको थियो । प्रतिवादीमध्ये उच्च प्रहरी अधिकारी र गोरेकी पत्नी निरु भानिने नर्वदा खरेलसहित ४८ जनाले सफाइ पाएको राणाले जानकारी दिए । मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डीएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सन्जेललगायत प्रहरी कर्मचारीलाई प्रतिवादी बनाइएको थियो ।
संगठित अपराध, भन्सार ऐन र अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा ४८ जनाले सफाइ पाएका हुन् । फरार रहेका २१ जनाको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार राणाले बताए । उनका अनुसार दुई वर्षसम्म अभियुक्त पक्राउ नपरेमा वा हाजिर नभएमा मुल्तवीमा रहेको मुद्दालाई जगाएर अदालतले फैसला गर्ने छ ।
९ माघ ०७४ मा ‘गोरे’को समूहले दुबईबाट तस्करी गरेर काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायव भएको थियो । सुन गायव बनाएको आरोपमा ‘गोरे’सहित उनको समूहले १८ फागुनमा ०७४ मा मोरङ उर्लाबारी नगरपालिका–१ का सनमको करेन्ट लगाएर यातना दिँदै हत्या गरेको आरोप छ ।
हत्याको भोलिपल्ट विराटनगरबाट शाक्यको शवसहित बा१२च ५९६३ नम्बरको स्कर्पियो र मे१च ५३९८ नम्बरको कारसहित प्रहरीले चालकहरू मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गर्यो ।
त्यो घटनाको अनुशन्धान गर्दा गोरेको योजना र ‘सेटिङ’ तथा अरु व्यापारीको लगानी र प्रहरी अधिकारीको सहयोगमा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा करिब ३८ क्वीन्टल सुन तस्करी भएको खुलेको हो । तर तस्करीको सुन भने बरामद हुन सकेन । प्रमाणका रुपमा पेस गर्नुपर्ने सुन बरामद नभएपछि तस्करीमा सम्लग्न भनिएकाहरूले मुद्दामा सफाइ पाएको बताइएको छ ।
जिल्ला अदालत मोरङमा १९ वैशाख ०७५ मा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर भएको थियो ।
सरकारी वकिल कार्यालय मोरङले दर्ता गरेको मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम ‘करिब ३८ क्वीन्टल’ सुन अवैध रुपमा आयात गरिएको दाबी गरेको थियो । त्यही बराबरको बिगो मागदावीसहितको मुद्दा दर्ता भएको हो । मुद्दाको अन्तिम सुनुवाइ अघिल्लो आइतबारबाट सुरु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार