खारावासी वर्षौंदेखि उर्लंदो भेरीको धमिलो पानीले तिर्खा मेट्दै
नेपालबहस संवाददाता
असोज १९, २०७८ मंगलबार २३:१६:३
१९ असोज, जाजरकोट । हुनेखानेले बोतलका शुद्ध पानी छानीछानी पिउँदा जाजरकोट छेडागाड नगरपालिका–१३ का सर्वसाधारणहरू भेरी नदीको फोहोर पानी पिउन बाध्य छन् । पुर्खौंदेखि भेरी नदीको फोहोर पानी आधा घण्टाको दूरीमा बोकेर पिउनु पर्ने बाध्यता भए पनि खाराबासीको पीडामा मलम लगाउने अस्त्र अहिलेसम्म फेला परेको छैन ।
सबै तहका नेता तथा जनप्रतिनिधिसँग पानीको लागि याचना गरेका खाराबासी भेरीको पानी पिउने बाध्यता हटन नसकेको पदमा लुहारले बताइन् । ‘भेरीबाट ल्याएको पानी तुरुन्तै प्रयोग गर्न नमिल्ने भएकाले एक घण्टा नहल्लाइ राख्ने र यसबाट एक केजी जति बालुवा गाग्रीको तल थिग्रिएर बसेको हुन्छ । त्यसपछि मात्र पानी पिउन गरिएको छ’, उनले भनिन् ।
पदमाकै जस्तै अर्की कमला लुहारको पीडा पनि कम्ति छैन । ‘तीन महिनाको दुधे बच्चा छोडेर दैनिक तीन पटक भेरी नदीको फोहोर पानी पिउनका लागि नदीको किनारमा पुग्नु पर्छ’ उनले भनिन्, ‘जनप्रतिनिधिदेखि विभिन्न संघ, संस्थाका प्रतिनिधिहरू हेरेर गए पनि अहिलेसम्म पानी ल्याउने कुनै सुरसार छैन ।’
पशुचौपायदेखि मानिस सबैले भेरी नदीमा पानी पिउनुपर्ने बाध्यता छ । भेरीको पानी नखाए तिर्खाले मरिने चिन्ता, खाए वर्षेनी फोहोर पानीका कारण बिरामी हुनुपर्ने पीडा खारावासीको मुख्य समस्या हुँदै आएको छ । ३० घर दलित परिवार र अन्य केही जनजाति समुदायको बसोबास रहेको खारामा पीडा सुन्ने धेरै आए, तर काम गर्ने कोही आएनन् भन्दै आक्रोशसमेत पोख्न थालिएको छ ।
‘अब कुराभन्दा परिणाम चाहिएको छ’, स्थानीयवासी धनवीर लुहारले भने, ‘पानी बोक्दा बोक्दा टाउको समेत दुख्न थालिसक्यो । हामी त बाँनी परिसक्यौँ, तर घरमा पाहुना आउँदा धमिलो बालुवा मिसिएको पानी दिन लाज लाग्छ ।’
छिन्चु–जाजरकोट सडकखण्डको बीच भाग छेडागाड नगरपालिका–१३ मा पर्दछ खारा । यही बाटो भएर कयौँ भीआईपीको सवारसमेत भयो । तर, खारावासीले भोग्दै आएको पानीको समस्या समाधान हुन सकेन ।
गाउँलेहरू भन्दा विद्यार्थीहरू पानीको ठुलो मारमा छन् । विद्यालय जाँदा घरबाटै बोकेर लगेको पानी अपुग हुँदा विद्यार्थीरू मर्कामा परेका शिक्षकहरूको गुनासो छ ।
धमिलो पानी सेवनका कारण स्थानीयमा पानीजन्य रोग देखिँदै आएको छ । झाडापखाला, जुका लगाएका रोगहरूबाट खारावासी सधैँ पीडित हुने गरेका छन् । वडाअध्यक्ष मोतीलाल खत्रीलाई पानीको समस्य हल गर्न पटक पटक माग गरेपनि समस्या समाधान नभएको सर्वसाधारणहरूको गुनासो छ ।
खत्रीले सानोतिनो रकमले खानेपानी आयोजना निर्माण नहुने भएकाले डीपीआरको काम भएको र केही समयपछि पानीको लागि काम सुरु हुने बताए । ‘करोडभन्दा बढीको आयोजना सञ्चालन गरेमा मात्र यहाँ खानेपानी पुग्छ , खत्रीले भने, ‘हामी विभिन्न साझेदार संघ, संस्थासँग सहकार्य गरिरहेका छौँ । सायद वर्ष दिनपछि खानेपानी खारामा पुग्छ कि, आशा गरौँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार