मुलुक र जनताको रक्षामा नेपाल प्रहरीः मुख्यमन्त्री आचार्य
नेपालबहस संवाददाता
असोज २०, २०७८ बुधबार १८:३३:३६
२० असोज, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले मुलुक र जनताको रक्षामा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताएको छ ।
प्रहरी दिवसको अवसरमा १ नं प्रदेश प्रहरी कार्यालय रानी विराटनगरद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले जनताको रक्षा नै देशको रक्षा हो भने । शान्ति सुरक्षा र अपराध नियन्त्रण एवं अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै मुख्यमन्त्री आचार्यले क्षेत्रीय सन्तुलन र जातीय विभेद अन्त्य गर्न प्रहरीले महत्वपूर्ण काम गरिरहेको धारणा राखे । उनले अपराध अनुसन्धानदेखि नै प्रहरीले राम्रो काम गरिरहेको छ भन्दै जनतालाई न्याय दिलाउने प्रारम्भिक थलोको रुपमा प्रहरी सङ्गठन अब्बल छ भने । आफ्नो काममा इमान्दारिता र व्यावसायिक क्षमता प्रदर्शन गर्न प्रहरी सङ्गठनलाई आग्रह गर्दै उनले भने, “प्रहरी सङ्गठन स्वच्छ र पारदर्शी हुनुपर्छ ।”
प्रदेशका आन्तरिक मामिल तथा कानून राज्यमन्त्री लीलाबल्वभ अधिकारीले प्रदेश प्रहरीलाई समय सापेक्ष विकास गर्न प्रदेश सरकार प्रयत्नशील छ भने । उनले सीमित साधन र स्रोतको बाबजुद पनि प्रदेश प्रहरीले समाजमा खेलेका भूमिका प्रशंसनीय छ भन्दै प्रदेश सरकारले प्रदेश प्रहरी ऐन पारित गरेर प्रमाणीकरण भइसक्दा पनि संघीय प्रहरी ऐन नआएकाले समस्या भइरहेको चर्चा गरे । प्रहरीलाई व्यवस्थित एवं मर्यादित बनाउन प्रदेश प्रहरी ऐनले सहयोगी भूमिका निर्वाह गर्ने चर्चा गर्दै राज्यमन्त्री अधिकारीले प्रदेश सरकारले प्रहरीलाई भौतिक, नैतिक र कानूनी सहयोग गर्ने धारणा राखे ।
प्रदेश नं १ का प्रहरी प्रमुख अरुणकुमार विसीले देश र जनताका लागि नेपाल प्रहरीले स्थापना कालदेखि नै कर्तव्यनिष्ट भएर काम गरिरहेको बताए । उनले सीमित साधन र स्रोतको बाबजुद पनि अपराध अनुसन्धान एवं नियन्त्रण तथा शान्ति सुरक्षाको क्षेत्रमा प्रहरीले हरसम्भव काम गरिहेको धारणा राख्दै प्रहरीले कर्तव्य पालनामा उच्च मनोबल र सामूहिक भावनाबाट अघि बढिरहेको छ भने ।
अपराध अनुसन्धान सर्वोत्कृष्ट कार्य गरेका सङ्खुवासभा चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रदेश प्रहरी कार्यालय विराटनगरका नायब प्रहरी निरीक्षक रुद्रबहादुर खड्कालाई जनही रु ६० हजारको प्राडा विक्रमप्रसाद श्रेष्ठद्वारा स्थापित ‘साधनादेवी उत्कृष्ट प्रहरी’ पुस्कार सो अवसरमा प्रदान गरियो । यस वर्षका एसइई परीक्षामा सर्वोत्कृष्ट प्रहरी कर्मचारीका ३६ छात्रछात्रालाई जनही रु.१० हजार राशिको पुरस्कार एवं प्रहरी कार्यालय बनाउन सहयोग गर्ने ३४ जग्गादातालाई सम्मान र प्रदेशभरिमा शान्ति सुरक्षा, अपराध अनुसन्धान एवं विविध पक्षमा काम गर्ने प्रहरी अधिकृत र प्रहरी जवानलाई पनि सो अवसरमा पुरस्कृत गरियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार