वर्षाबाट प्रभावितलाई राहत दिन एमाले लुम्बिनीको सरकारसँग माग
नेपालबहस संवाददाता
कात्तिक ३, २०७८ बुधबार २२:३७:६
३ कार्तिक, बुटवल । चार दिनदेखि परेको अविरल वर्षाका कारण प्रभावित किसानहरूलाई राहत उपलव्ध गराउन एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले सरकारसँग माग गरेको छ । मनसुन सकिएपछि परेको वर्षाले भित्र्याउन लागेको धानबालीमा क्षति पुर्याएको भन्दै एमालेले प्रदेश सरकारसँग प्रभावितलाई तत्काल राहत उपलव्ध गराउन माग गरेको हो ।
एमाले प्रदेश संसदीय दलले बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै लुम्बिनी प्रदेशसहित अधिकांश स्थानमा वर्षाका कारण आएको बाढी, पहिरो र त्यसले धनजनमा पुर्याएको क्षतिको विवरण उपलव्ध गराउन पनि सरकारसँग माग गरेको छ ।
एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले मौसम पूर्वानुमान महाशाखाको सूचनालाई सरकारले बेवास्ता गरेकाले किसानले ठूलो क्षति व्यहोर्नु परेको बताए । “मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरिसकेपछि गाउँगाउँका किसानलाई यसबारे ध्यानाकर्षण गराउनु पथ्र्यो, त्यसो गर्न सकेको भए काटिसकेको धानबाली जोगिने थियो, संभावित क्षति सरकारले रोक्न सकेन, अव उचित क्षतिपूर्त दिनुपर्छ,’ उनले भने ।
लुम्बिनी प्रदेशका खासगरी तराईका जिल्लामा किसानले ठूलो मात्रामा नोक्सानी व्यहोर्नु परेको भन्दै चौधरीले पीडामा परेका किसानलाई मलमपट्टी लगाउने काम सरकारको भएको बताए । एमाले संसदीय दलले बुटलको मोतीपुरमा हालै भएको घटनाका बारेमा पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार