प्रदेश १ ले आज नयाँ मुख्यमन्त्री पाउने सम्भावना
नेपालबहस संवाददाता
कात्तिक ७, २०७८ आइतबार १६:५०:५०
५ कार्तिक, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन प्रदेशसभामा पेस गरेको प्रस्तावमाथि आइतबार मतदान हुँदै छ ।
प्रदेश १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री आचार्यले प्रस्ताव पेस गरेका थिए । आइतबार दिउँसो साढे १२ बजे बस्ने बैठकमा उक्त प्रस्तावलाई मत विभाजनमा लैजाने सार्वजनिक कार्यसूचीमा उल्लेख गरिएको छ ।
सरकारमा रहेको दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । संसद सचिवालयमा भने गत २५ असोजमा मुख्यमन्त्री आचार्यले सूचना दर्ता गराएका थिए ।
९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्छ । जसमा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा ‘एकीकृत समाजवादी’का १०, जनता समाजवादी पार्टीका तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । राप्रपाका १ सांसद भने कतै खुलेका छैन्न ।
केन्द्रीय सत्तारुढ गठबन्धन दलले प्रदेश १ मा नेकपा ‘एकीकृत समाजवादी’लाई प्रदेश सरकारको चाबी बुझाउने निर्णय गरिसकेको छ । नेकपा एसले मुख्यमन्त्रीमा राजेन्द्र राईलाई अगाडि सारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार