मकालुको वडा नम्बर ५ मांसिमालाई छुट्टै वडा बनाउन स्थानीयको माग
नेपालबहस संवाददाता
कात्तिक ९, २०७८ मंगलबार १२:२७:५६
८ कार्तिक, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ मा मांसिमालाई छुट्टै वडा बनाउन स्थानीयले माग गरेका छन् । मांसिमाबासीले वडा नम्बर–५ लाई छुट्टै वडा बनाउन माग गरेको मकालु–५ का वडाध्यक्ष जापान गुरुङले जानकारी दिए ।
भौगोलिक हिसाबले बिकट मानिएको मांसिमादेखि वडा कार्यालय आउन एक दिनको पैदल लाग्छ । मांसिमाका करिब २ सय ५० घर परिवार भएको वडाध्यक्ष गुरुङले बताए । मांसिमाका स्थानीयले सामान्य जन्म दर्ता, मृत्यु दर्ता जस्ता काम गर्न एक दिनको पैदल हिँडेर नुम आइपुग्नु पर्छ ।
सडक सञ्जाल नजोडिएको मांसिमाबासीले वडा कार्यालयको सेवा लिन एक दिनको पैदल हिँड्नु पर्ने स्थानीय ज्ञान बहादुर गुरुङले बताए । सडक सञ्जाल नभएका कारण मांसिमाबासी वडा कार्यालयमा पुगेर आफ्नो काम सम्पन्न गर्नलाई चार पाँच दिनसम्म लाग्ने गरेको स्थानीयको गुनासो छ ।
मांसिमा गाउँमा गुरुङ र राई जातीको मात्र बसोबास छ । भूगोल र जनसंख्याको हिसाब हेर्ने हो भने मांसिमा छुट्टै वडा निर्माणका प्रशस्त आधार रहेको स्थानीय श्याम कुमार गुरुङले बताए ।
भौगोलिक बिकट मांसिमाबासी आफ्नो छुट्टै वडा नहुँदा वडाको केन्द्रसम्म पुग्न विभिन्न समस्या झेल्दै आएको उनीहरूको भनाइ छ । स्थानीयको माग अनुसार मांसिमा गाउँलाई छुट्टै वडा बनाउन गत जेठ १० गते गाउँसभाले निर्णय गरेको वडाध्यक्ष गुरुङले बताए ।
यस वर्ष गाउँसभाबाट समेत पारित भइसकेको वडाध्यक्ष गुरुङले बताए । छुट्टै वडा बनाउन गाउँसभाले निर्णय प्रदेश सरकार र स्थानीय विकास मन्त्रालयलाई पठाउने तयारी भइरहेको उनको भनाइ छ । छुट्टै वडा निर्माणका लागि सम्पूर्ण आधार पुरा हुनसक्ने भन्दै स्थानीय सरकारसमेत यसको पहलमा अघि बढिरहेको छ । वडा भित्रको पनि छुट्टै भूगोल भएको मांसिमा गाउँमा शिक्षा स्वास्थ्यको पहुँच निकै टाढा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार