खोटाङमा गरिब परिवारमा आत्महत्या दर बढी
नेपालबहस संवाददाता
कात्तिक ९, २०७८ मंगलबार २१:१४:२७
९ कार्तिक, खोटाङ । खोटाङमा गरिब परिवारमा आत्महत्या दर बढी पाइएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७५/०७६ देखि ०७७/०७८ को आत्महत्याको तथ्यांकलाई विश्लेषण गर्दा गरिब परिवारका ६८ दशमलव १८ प्रतिशतले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए । सो अवधिमा मध्यमवर्गीय परिवारका २९ दशमलव ५५ प्रतिशत र धनी वर्गका २ दशमलव २७ प्रतिशतले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
तीन आर्थिक वर्षको अवधिमा शिक्षितभन्दा अशिक्षित व्यक्तिले बढी आत्महत्या गरेको पाइएको छ । साधारण लेखपढ गर्न सक्ने ६८ दशमलव १८ प्रतिशत, कक्षा १० उत्तीर्ण गरेका २५ प्रतिशत र सोभन्दा माथि अध्ययन गरेका ७ दशमलव ८२ प्रतिशतले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ । जातीय आधारमा अध्ययन गर्दा सबैभन्दा बढी जनजाति समुदायमा आत्महत्या हुने गरेको पाइएको छ । जनजाति समुदायका १०१ जना, दलित समुदायका ३० र क्षेत्रीरब्राह्मण समुदायका २६ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
यस्तै, संयुक्त परिवारभन्दा एकल परिवारमा आत्महत्याको दर बढी देखिएको छ । एकल परिवारमा ७६ दशमलव ७० प्रतिशत र संयुक्त परिवारमा २३ दशमलव ३० प्रतिशतले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ । तीन आर्थिक वर्षको अवधिमा विवाहित ७३ दशमलव ७ प्रतिशत र अविवाहित ३६ दशमलव ९३ प्रतिशतले आत्महत्या गरेका छन् । ‘आत्महत्यामा व्यक्ति, परिवार र समाजको दोष हुन्छ,’ प्रहरी निरीक्षक शाहले भने, ‘आत्महत्याका क्रममा प्रयोग हुने डोरी, विषादिजस्ता वस्तुमा पहुँच घटाउनुपर्छ । मानसिक रोग वा दीर्घरोगीको समयमै उपचार गरे पनि आत्महत्या केही कम गर्न सकिन्छ ।’
आत्महत्या भए गरेका समयलाई अध्यायन गर्दा मध्यान्ह १२ देखि बेलुका ६ बजेको अवधिमा ६२ जनाले आत्महत्या गरेको तथ्यांक छ । यस्तै, बिहान ६ देखि मध्यान्ह १२ बजेसम्मको अवधिमा ६० जना, बेलुका ६ देखि राति १२ बजेको अवधिमा ३१ जना र रातको १२ देखि बिहान ६ बजेको अवधिमा १४ जनाले आत्महत्या गरेको पाइएको प्रहरी निरीक्षक शाहले बताए ।
खोटाङमा आर्थिक वर्ष ०७५/०७६ मा ३२ पुरुष, १८ महिला र २ बालबालिकाले आत्महत्या गरेको तथ्यांक छ । आर्थिक वर्ष ०७६/०७७ मा २५ पुरुष, १२ महिला र १२ वालबालिका, आर्थिक वर्ष ०७७/०७८ मा ४७ पुरुष, २० महिला र आठ बालबालिकाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार