टुनामुना गरेको भन्दै छिमेकीले नै जबर्जस्ती खुवाए मलमुत्र
नेपालबहस संवाददाता
कात्तिक १२, २०७८ शुक्रबार २२:४७:६
विशाल बस्नेत
१२ कार्तिक, महोत्तरी । औरही नगरपालिका–९ अग्लेशराका भकती ठाकुर खाना गत बिहीबार खानै लाग्दा छिमेकी रामकिला देवीले चार्को स्वरमा बाहिर बोलाइन । के भएछ भन्दै ठाकुर निस्केका मात्र थिए रामकिला देवीसँगै आएका उनका छोरा राम उदेश मण्डल, वितियादेवी मण्डल र उनका छोरा कृष्ण मण्डलले भकती ठाकुरलाई आँगनमा नपुग्दै एक्कासी आक्रमण गर्न थाले । कसैले लाठी बर्साउन थाले, कसैले मुक्का प्रहार गरे । उनीहरू सबै मिलेर भकतीलाई गिलासमा ल्याएको मलमुत्र जबर्जस्ती खुवाए ।
५० बर्षीय भकती ठाकुर लोवारलाई यतिबेलासम्म के भइरहेको छ भन्ने थाहा थिएन । तर भिडबाटै रामकिलाले भकतीमाथि टुनामुना गरेर आफ्ना पतिको हत्या गरेको र छोरा सडक दुर्घटनामा परेको आरोप लगाइन । पतिको हत्या र छोरालाई टुनामुना गरेर घाइते बनाएको आरोपमा रामकिला देवीले भकतीको घरमै पुगेर मलमुत्र खुवाएको पीडित पक्षले बताएका छन् ।
पीडितको मौखिक उजुरीको आधारमा घटनामा सम्लग्न रामकिला देवीलाई प्रहरीले आज पक्राउ गरेको छ भने फरार रहेकाहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । ‘पीडितहरूले मौखिक उजुरी गरेका छन् र उजुरीको आधारमा अनुसन्धान अगाडि बढाएका छौं,’ उनले भने ।
पीडित भकती ठाकुरको आँखामा चोट लागेको छ । आक्रमणकारीलाई रोक्न खोज्दा ठाकुरकी भाउजू सुमौली देवीमाथि पनि हातपात र कुटपिट भएको छिमेकीहरूको भनाइ छ ।
पीडितहरूले आज ‘शुक्रबार’ बिहानै जिल्ला प्रहरी कार्यालय जलेश्वरमा मौखिक उजुरी दिए पनि घटनाको बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार