एमाले अधिवेशनमा ‘भोट उता, कोट यता’
नेपालबहस संवाददाता
कात्तिक १४, २०७८ आइतबार २१:२९:१५
◊ प्रकाश तिम्सिना
१४ कार्तिक, सुनसरी । नेकपा एमाले इटहरी उपमहानगर अधिवेशन जारी छ । ९ गतेबाट सुरु भएको अधिवेशन लायन्स क्लबको भवन पचरुखीमा शनिवार निर्वाचन भयो । निर्वाचनमा मुख्य पदाधिकारी तथा सदस्य भोट माग्नका लागि बिहानैदेखि व्यस्त देखिन्थे । सोही भवनको दक्षिणतर्फ जेनरेटर छेउ शिरमा ढाका टोपी र अल्लोको कोट लगाएका एक जना कराइरहेका थिए ।
‘भोट उता, कोट यता’, ‘भोट उता, कोट यता’ विभिन्न कार्यालय प्रमुखको टेबलमा प्रयोग हुने नेपालको झन्डा, ढाका टोपी र अल्लोको कोट लिएर बसेका उनी अधिवेशनमा आएका सबैको ध्यान आफूतर्फ आकर्षण गर्न व्यस्त थिए ।
पार्टीको अधिवेशनमा यसरी आफ्नो व्यापार गर्न आएका व्यक्ति हुन् जुम्लाका ‘सौरव बुढा’ । दसैँ सकिएलगत्तै तिहारको आर्थिक जोहो गर्न उनी जुम्लामा बनेको ढाका टोपी, कोट तथा नेपालको झन्डा लिएर पूर्वका सहर आएका हुन् ।
आफूले सोचे जस्तो व्यापार नभएपछि उनले यस्ता मानिसको जमघट हुने कार्यक्रम धाउँदै आएका छन् । ९ कात्तिकबाट सुरु भएको अधिवेशनमा उनी पाँच दिनदेखि सोही स्थानमा व्यापार गर्दै आएका छन् । पाँच दिनको अवधिमा उनले करिब ६० वटाभन्दा बढी कोट र ४० भन्दा बढी टोपी बिक्री गरेको बुढा बताउँछन् ।
कोट सोचेभन्दा बढी बिक्री भयो, तर उनी खुसी छैनन् । चार हजार रुपैयाँभन्दा बढी खर्च गरेर आएका ‘बुढा’ व्यापार नभएपछि तिहारका लागि घर खर्च कसरी चलाउने भन्ने चिन्तामा छन् ।
अन्य सहरमा १२ सय रुपैयाँभन्दा बढीमा बिक्री हुने कोट किन्ने मानिस नभएपछि उनले घटाएर एक हजार रुपैयाँमै दिनुपरेको दुखेसो पोखे ।
‘के गर्नु, यही कोट काठमाडौँमा दुई हजार, २५ सयसम्ममा पनि बेचियो । तर, यहाँ बिक्री नभएपछि फिर्ता गरेर लान नि गाह्रो छ’, उनी भन्छन् ‘आउन चार हजार, जान चार हजार खर्च हुन्छ । यहाँ सकेर नगए फिर्ता लाँदा गाडीमा हराउन सक्छ, चोरी हुन सक्छ । बरु साउँमै दिन्छु, यसो गर्दा आफूले किनेको दाम त पाइयो नि ।’
तिहार मनाउनका लागि आर्थिक जोहो गर्न घर परिवार बिर्सेर आएका उनी व्यापार नभएपछि साहुको ऋण कसरी तिर्ने ? घर खर्च कसरी चलाउने भन्ने चिन्तामा छन् । साहुले केही दिँदैनन्, जति महँगोमा बेच्न सक्यो उति हामीलाई राम्रो हो । तर, व्यापार नै नभएपछि के फाइदा ? बुढा अहिले आफूले ल्याएको कपडा छिटो बिक्री गरेर तिहार मनाउन घर जाने तयारीमा छन् । ‘फाइदा भन्दा पनि सबै साउँमा बिक्री भयो भने अरू मलाई के चाहिँदैन’, उनी भन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार