प्रदेश १ मा तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने
नेपालबहस संवाददाता
कात्तिक १५, २०७८ सोमबार २१:९:१३
१५ कार्तिक, विराटनगर । प्रदेश १ ले तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेसँगै अब राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका हुन् ।
आचार्य नेकपा एमालेका हुन् भने राई नेकपा (एकीकृत समाजवादी) का हुन् । एमाले विभाजन भएसँगै आचार्य अल्पमतमा परेका थिए । अल्पमतमा परेपछि विश्वासको मत लिन आचार्यले प्रदेशसभामा प्रस्ताव पेस गरेका थिए ।
तर, बहुमत नपुग्ने भएपछि सोमबार आचार्यले राजीनामाको घोषणा गरेका हुन् । उनले राजीनामा घोषणा गरेकाले विश्वासको प्रस्तावमाथि मतदानमा जानु नपर्ने भन्दै २३ कात्तिकसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरिएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।
आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाउने जाने बताएका छन् । उनले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री बनाउन दलहरूमा आह्वान गर्नेछन् । यसपछि प्रदेशसभामा गठबन्धनको बहुमत रहेकाले उसले राजेन्द्र राईको नाम सिफारिस गर्नेछ ।
प्रदेशसभामा ९२ जना सांसद सासद छन् । सरकार बनाउन ४७ जना सांसद अवश्यक पर्छ । तर, एमालेको सभामुखसहित ४१ सांसद छन् । यता विपक्षी गठबन्धनमा आवद्ध दल कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा ९एकीकृत समाजवादी०का १० र जनता समाजवादीका तीन जना गरी ४९ जना सांसद छन् । जुन सरकार बनाउन बहुमत संख्या हो ।
यस्तै प्रदेशसभामा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक एक जना सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार